म केपी ओली बिरोधी होइन भन्दै अन्तरवार्तामा नै यसरी जंगीए नेकपाका चर्चित नेता भीम रावल

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफुलाई कुनै पदको लोभ नभएको जिकिर गरेका छन् । क्यानाडा नेपाल संगको कुराकानीमा नेता भिम रावलले भने, मैले कहिल्यै पनि सरकारको विरोध गर्दै हिंडेको छैन ।

यो आरोप म माथि लागेको अर्थपूर्ण छैन । मैले पार्टीले गर्ने निर्णय माथि समिक्षा गर्ने आफ्नो विचार पोख्ने गरेको छु तर अरुले त्यहि कुरालाई गलत तरिकाले प्रचार गरिरहेका छन् । म सधै सरकारको पक्षमा छु र यो सरकारले विकासको काम गरोस भन्ने पक्ष मै छु । तर आफुले देखेको कमजोरीहरु बारे बोल्न त पाईयो नि !

तपाईलाई मन्त्री पदको लोभ छ नि भन्ने प्रश्नमा नेता रावलले भने, मलाई कुनै पदको लोभ छैन र पद पाउँछु कि भनेर मैले बोल्ने गरेको पनि होईन । म मन्त्री हुँदा समेत मेरो काम गर्ने तरिका हेर्नुहोस आफै बुझ्नुहुन्छ । म गलतलाई गलत भन्छु सहिलाई सहि नै भन्ने गर्छु । कुनै पदको लागि म बोलेको भन्ने लागेको छ भने यो भ्रमबाट मुक्त हुनुहोस ।

Loading...
प्रकाशित मिति ६ चैत्र २०७६, बिहीबार १६:५१