दुखद घटना : आमाले अर्कैसँग विवाह गरेर गएपछि बिरामी बाबुको हेरचाह गर्दै बसेकी १७ वर्षीय आकृतीको उनकै छिमेकीद्वारा बला त्कार पछि ह त्या

इलाम, ६ चैत । जिल्लाको सूर्योदय नगरपालिकाकी १७ वर्षीया आकृती राईको बला त्कार पछि ह त्या भएको छ । आकृतिको उनकै छिमेकी रोशन राइले बला त्कार गरी ह त्या गरेका हुन् । घटनापछि अभियुक्तलाई प्रहरीले प क्राउ गरेको छ । कक्षा ११ को परिक्षा दिन हिँडेकी आकृतिलाई जंगलमा लगेर बला त्कार गरी ह त्या गरेको बयान उनले प्रहरी सामु दिएका छन् । रोशनलाई जिल्ला प्रहरी कार्यालय इलामले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

आकृतीको ह त्या गरेर माटोमा गा डे को अवस्थामा बुधबार प्रहरीले श व फेला परेको थियो । सूर्योदय नगरपालिका १३ स्थित पोखरी (किरात टोल)का पूर्ण बहादुर राईकी छोरी आकृती स्थानीय ज्योती मावि कक्षा ११ मा पढ्दै थिइन् । उनी पढाइमा पनि राम्रो विद्यार्थी भएको अभिभावकले बताएका छन् । घरवाट परिक्षा दिन भनेर हिडेकी छोरी परिक्षा हलमा नपुगेपछि खोजि सुरु भएको थियो ।

बुधबार दिउँसो अम्लीसो बारीमा श व फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधबार प्रहरीले घ टनाको मुचुल्का उठाएर श व निकालेको थियो । श वलाई थप परिक्षणका लागि बीपी स्वास्थ्य प्रतिष्ठान धोपा धरान पठाइएको छ । जंगलमा लगेर बला त्कार गरेका रोशनले किशोरीले घ टना सार्वजनिक गरिदिन्छु भनेपछि ज्या न लिएको बयान प्रहरी सामु दिएका छन् ।

रोशनले आकृतिको टाउकोमा ढुंगाले प्र हार गरेको बताएका छन् । ह त्या पछि आफ्नै गाइ बाँध्ने गोठ नजिकै रहेको अम्लिसो बारीमा खाल्डो ख नेर गा डेको प्रहरी सामु रोशनले बताएका छन् । आमाले अर्कैसँग विवाह गरेपछि बिरामी बाबुको हेरचाह गर्दै बसेकी आकृतीको मृ त्युपछि बाबु वि छिप्त भएका छन् ।

Loading...
प्रकाशित मिति ६ चैत्र २०७६, बिहीबार १८:०२