अमेरिकी आइडलमा नेपालीको शिर उचोँ पार्ने दिवेसले दिए अर्को धमकेदार प्रस्तुती (भिडियो)

काठमाडौं–अमेरिकी आइडलमा दमदार प्रस्तुती दिएर चर्चामा आएका नेपाली गायक दिवेस पोखरेलले अर्को धमकेदार प्रस्तुती दिएका छन्। उनको प्रस्तुतीले जज र उपस्थित दर्शकहरुको मन जितेको छ । अमेरिकन आइडलले आफ्नो आधिकारिक युटुब च्यानलमा राखेको भिडियोमा दिवेश अडिसनमा छनोट भएपछि लस एन्जलसको हलिउड पुगेको देख्न सकिन्छ ।

जहाँ उनले अर्का एक प्रतिस्पर्धीलाई आफ्नो परिचय दिँदै आफू सगरमाथाको देश नेपालबाट आएको भनेका छन् । उनले लस हलिउडमा आफ्नो अनुभव सुनाउँदै सबै चमकदार र हिराजस्तै सुन्दर भएको बताएका छन् ।यसपछि उनले आफू गायकसहित गीत लेखक दुवैमा पर्ने बताए र दोस्रो प्रस्तुतीका लागि स्टेजतर्फ लाग्छन् जहाँ उनलाई जज र दर्शकहरुले उत्साहपूर्वक स्वागत गरेको देख्न सकिन्छ ।

नमस्ते भनेर अभिवादन गरिसकेपछि उनले पहिले जसरी नै गितार बजाउँदै ‘हार्ड टु ह्यान्डल’ नामक गीत गाउन सुरु गर्छन् र फेरि पनि जजहरुलाई आश्चर्यमा पार्छन् ।यसरी प्रस्तुती पूरा भइसकेपछि पनि सबैले ‘मोर मोर’ भनि उनलाई अझै गाइरहन भन्छन् । जसकारण उनले थप केहीबेर गाउँछन् । स्टेज बाहिर पुगिसकेपछि उनले आफू दर्शक र जजहरुको मन रिझाउन सफल भएको बताएका छन् ।

Loading...
प्रकाशित मिति ७ चैत्र २०७६, शुक्रबार ०३:४८