चीनमा मङ्गलबार थप ३६ मा कोरोना सङ्क्र मण देखियो,सात जनाको मृ त्यु

बेइजिङ- चीनमा थप ३६ जना व्यक्तिमा हिजो मङ्गलबार कोरोना भाइरस सङ्क्र मण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् । मङ्गलबार कोरोना भाइरस सङ्क्र मित देखिएका ३६ जनामा ३५ चीनकै नभएर बाहिरबाट आएका समाचारमा जनाइएको छ । एक जना मात्र चीनको गुआङ्डोङ प्रान्तको भएको बताइएको छ ।

यसैगरी मङ्गबार कोरोना भाइरस सङ्क्र मणको कारण सात जनाको मृ त्यु भएको जनाइएको छ । मृ त्यु भएका सात व्यक्तिमा ६ जना हुबेई प्रान्तको एक जना शाघाईका रहेका छन् । चीनको हुबेइ प्रान्तको उहान शहरबाट गत डिसेम्बरको अन्त्यबाट शुरु भएको कोभिड–१९ बाट विश्वभरी आजसम्म ४२ हजार ३४४ को मृ त्यु भईसकेको छ ।

आज प्राप्त पछिल्लो विवरणअनुसार संंंसारभर आठ लाख ६० हजार १७८ जना कोरोना भाइरसबाट सङ्क्र मित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ । यस प्रकोपबाट चीनमा ८१ हजार ५५४ कुल सङ्क्र मित भएका छन् भने, तीन हजार ३१२ को मृ त्यु भएको छ । यसैबीच ७६ हजार २३८ निको भएर घर फर्किएका छन् । सिन्ह्वा

Loading...
प्रकाशित मिति १९ चैत्र २०७६, बुधबार ०८:३६