कोरोना त्रा सले आ क्रान्त अस्पताल : उपचार नपाएर धनकुटाकी नरदेवी गुरुङको मृ त्यु

विराटनगर / विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्र मणको त्रासका कारण विराटनगरका अस्पतालले लिन नमानेपछि उपचार नपाएर एक जना बिरामी महिलाको मृ त्यु भएको छ । उपचारका लागि अस्वीकार गरेर महिलाको मृ त्यु भएको घटनालाई अस्पतालको गम्भीर लापरबाहीका रुपमा लिइएको छ ।

कोरोनाको लक्षण देखिएको भन्दै अस्वीकार गरेपछि समयमा उपचार नपाएर धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाकी ५२ वर्षीया नरदेवी गुरुङको मंगलबार मृ त्यु भएको हो । नरेदवीको दाजु शिवकुमार लिम्बू तुम्बा महालक्ष्मी–५ का वडा अध्यक्ष हुन् ।

उच्च रक्तचापका कारण ढलेकी नरदेवीलाई परिवारका सदस्यले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरेका थिए । बीपीले आईसीयू खाली नभएको भन्दै विरानगरको न्युरो अस्पताल रेफर गरिदियो ।

नरदेवीलाई १०२ डिग्री ज्वरो थियो । छोरी लक्ष्मी गुरुङ राईकाअनुसार न्युरोमा पनि चिकित्सकले उपचार गर्न मानेनन् । त्यसपछि विराट नर्सिङ होम लगियो । ज्वरो धेरै रहेको भन्दै कोरोनाको आशंकमा चिकित्सकले उपचार गर्न नमानेको लक्ष्मीको भनाइ छ ।

उनकाअनुसार त्यसपछि नोबेल पु¥याइएकोमा उपचारका क्रममा दिउँसो लगभग ३ः३० बजेतिर नरदेवीको मृ त्यु भयो ।

Loading...
प्रकाशित मिति १९ चैत्र २०७६, बुधबार १०:४५