कतार सरकारले क्वारेनटाइनमा रहेका नेपाली श्रमिकहरुको तलव कटौती नगर्ने

काठमाडौं । कतार सरकारले क्वारेनटाइनमा रहेका नेपाली श्रमिकको पूरै तलव दिने भएको छ । कतारको प्रशासनिक विकास, श्रम तथा मामिला मन्त्रालयले मंगलबारपत्रकार सम्मेलन आयोजना गरेर क्वारेन्टाइनमा रहेका श्रमिक तथा अन्य कर्मचारीको तलब कटौती नगरिने स्पष्ट पारेको हो । कतारमा कोरोनाको संक्रमण बढेपछि आप्रावासी मजदूर बस्ने सनैया क्षेत्रलाई गत मार्च १७ तारिखदेखि कतार सरकारले लकडाउन गरेको थियो ।

लकडाउनपछि त्यहाँ रहेका श्रमिकहरु क्याम्प भित्रै बस्न बाध्य छन् । काम नभएपछि तलब पाइन्छ कि पाइन्न भन्ने अन्यौलमा श्रमिकहरु परिरहँदा कतार सरकारले उनीहरु कसैको पनि तत्काल तलव कटौती नगरिने जानकारी दिएको छ । त्यस्तै अन्य सुविधा पनि पहिलाकै अनुसार पाउने मन्त्रालयले जनाएको छ । कतारमा २ हजार भन्दा बढी नेपाली क्वारेन्टाइनमा रहेको बताइन्छ ।

Loading...
प्रकाशित मिति २० चैत्र २०७६, बिहीबार ०७:४०