पुलिसमा जागिरे बाबुको रक्षाका लागि यी बालिकाले प्रवाह गरिन् यस्तो मर्मस्पर्शी सन्देश, जसले तान्यो विश्वको ध्यान

काठमाडौं,२० चैत । विश्वभर कोरोना भाइरसको बढ्दो संक्र मणकाबीच सामाजिक सञ्जालमा एउटा तस्वीर निकै भाइरल बनेको छ । जहाँ एक ९ वर्षीया बालिकाले हातमा एउटा प्लेकार्ड बोकेर कोरोना भाइरसको संक्र मणबाट बच्न सबै जना घरभित्रै बस्न अनुरोध गरेकी छिन् ।

उनले बोकेको प्लेकार्डमा लेखिएको छ– ‘मेरो बुवा प्रहरी हुनुहुन्छ । उहाँ तपाईहरुको सुरक्षाका लागि मभन्दा निकै टाढा हुनुहुन्छ । कृपया उहाँको रक्षाका लागि तपाईहरु घरभित्रै बसिदिन सक्नुहुन्छ ?

उनको यो अपिल निकै मर्मस्पर्शी छ । यसअर्थमा कि मानिस घरबाहिर निस्किँदा कोरोना संक्र मण फैलिने जोखिम अधिक रहन्छ । तसर्थ घरमै बसेर आफू पनि सुरक्षित रहनुहोस् र कार्यक्षेत्रमा खटिनेहरुलाई पनि सुरक्षित बनाउनुहोस् भन्दै उनले आफ्नो बाबुको सुरक्षाको कामना गरेकी छिन् ।

समाचारअनुसार यी बालिका भारतको अरुणाञ्चल प्रदेशकी हुन् । उनले बालिकाले ‘लकडाउन’को पूर्ण पालना गर्न अनुरोध गरेकी हुन् । ती बालिकाको यही तस्वीरलाई भारतीय केन्द्र सरकारका खेलमन्त्री किरण रिजूजले ट्वीट गर्दै लेखेका छन्– ‘प्यारी बालिकाको तर्फबाट मनै झकझकाउने यो सन्देश ।

उनले यो मुस्किल परिस्थितिमा सबै सुरक्षाकर्मीहरुले निभाएको भूमिका तारिफयोग्य भएको बताएका छन् ।

Loading...
प्रकाशित मिति २० चैत्र २०७६, बिहीबार १३:५६