बागलुङकी यि ६५ वर्षीया वृद्धामा पनि देखियो कोरोना, जो बेल्जियमबाट फर्किएकी संक्र मित बागलुङकै १९ वर्षे अन्सुसँग एउटै जहाजमा थिइन्

काठमाडौँ, चैत २० – नेपालमा कोभिड–१९ को सङ्क्र मित सङ्ख्या ‘छ’ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या छ पुगेको र छैठौँ ब्यक्तिका रुपमा कोरोना भाइरस ९कोभिड–१९० संक्र मित बागलुङकी ६५ वर्षीया वृद्धा भएको खुलाएका छन् । बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्धा चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएकी बागलुङकी अन्सु सापकोटाकै बिमानमा सवार थिइन् ।

अहिले संक्रमण पुष्टि भएकी वृद्धा र तेस्रो संक्रमित बागलुङकै १९ वर्षीया किशोरी अन्सुकी आफन्त हुन् । उनीहरु दुबै बेल्जियमबाट सँगै नेपाल आएको यसअघि नै अन्सुले बताउँदै आएकी थिइन् । अन्सुमा कोरोनाको संक्र मण देखिएपछि ति बृद्धा घरमा नै क्वारेन्टाइनमा बसेकी थिइन् । यसअघि नै अन्सुका बुबा र अन्सुले अनुहार नै देखाएर आँफुहरु स्वस्थ भएको र गलत समाचार नफैलाउन सार्वजनिक मिडियाबाट नै अपिल गरेका थिए ।

अन्सुले आँफु कुनै सार्वजनिक कार्यक्रममा उपस्थित नभएको समेत प्रस्ट्याउँदै आँफुहरु खुलेर सबैलाई सचेत गराउन आँफु सार्वजनिक भएको बताएकी छिन् । सम्भवत अन्सु नै परिचय खुलाएर नेपालमा देखिएकी पहिलो कोरोना संक्र मित ब्यक्ति हुन् । जो सार्वजनिक रुपमा देखिएपछि धेरैको आत्मविश्वास बढेको छ । र कोरोनाका विरुद्ध एक भएर लड्ने आँट र साहास आएको छ ।

डा देवकोटा अनुसार उनीहरु यही चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएका थिए । पहिलो कोरोना सङ्क्र मित व्यक्ति भने उपचारपछि ठिक भएर घर फर्किसकेका छन् । दोस्रो सङ्क्रमित व्यक्ति काठमाडौँकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ जहाजबाट काठमाडौँ आएकी थिइन् । उनमा चैत १० गते कोरोना सङ्क्र मणको पुष्टि भएको हो ।

त्यस्तै तेस्रो व्यक्ति धादिङ, चौथो धनगढी र पाँचौँ बाग्लुङका व्यक्ति अन्सुमा कोरोना सङ्क्र मण भएको पुष्टि भइसकेको छ । डा देवकोटाले आजसम्म कूल एक हजार १८४ मा परीक्षण गरिएको जानकारी दिए । उनले विभिन्न अस्पतालमा पनि स्वाब लिइरहेको जनाउँदै सैनिक अस्पतालले १७ जनाभन्दा बढीको स्वाब लिएको बताए । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण भइरहेको जानकारी दिए ।

उनले बुटवल, सुर्खेत, हेडाँैडा र धनगढीमा मेशिन जडान कार्य भइसकेको र परीक्षण हुने क्रममा रहेको बताए । जनकपुरमा भने जडान कार्य सम्पन्न भइसकेको छ । आइसोलेसनमा आजसम्म देशभरिमा १०५ जना उपचारत छन् । जसमा उपत्यकामा १६ र बाँकी उपत्यकाबाहिर उपचारत छन् । उनका अनुसार कल सेन्टरमा गत २४ घण्टाभित्र दुई हजार ७५९ फोन सम्वाद गरेको छ । त्यसमा धेरैले अस्पतालमा कोरोनाको परीक्षण, पिपिई खरिदलगायतका विषयमा प्रश्न गरेको उनले बताइन् ।

Loading...
प्रकाशित मिति २० चैत्र २०७६, बिहीबार १५:११