दुई दिन देखि भिरमा अड्किएकी महिलाको उद्दार

तम्घास । गुल्मीको मुसिकोट नगरपालिका- ७ अर्छुङ टाकुरे भिरमा दुई दिन देखि अड्किएकी एक महिलाको उद्धार गरिएको छ। महिला अड्किएको खबर पाएपछि प्रहरी चौकी वामी टक्सारबाट प्रहरी टोली र वामी सुरक्षा पोष्टबाट नेपाली सेनाको टोली खटेर उद्धार गरिएको हो।

उद्धार गरिएकी महिलालाई स्वास्थ्य उपचार पश्चात नगरपालिकाद्वारा खडा गरिएको क्वारेन्टाईनमा राखिएको छ। स्थायी घर भारतको झारखण्ड, मधुपूर घर बताउने ती महिला २ दिन पहिला देखि सोही भीरमा अडकिएकी थिइन्।

Loading...
प्रकाशित मिति २१ चैत्र २०७६, शुक्रबार १३:५१