सरकारले कोरोनाका कारण मृ त्यु भएकाहरुको सूचना लुकाएको हुनसक्छः विप्लव

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कोरोना भाइरसका कारण मृ त्यु भएकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले कोरोनाका आशंकामा निजी क्षेत्रबाट चलेका अस्पतालले बिरामीको उपचार गर्न अस्वीकार गरेको र केहीको ज्या न समेत गएकाले सरकारले सूचना प्रणाली विश्वसनीय नदेखिएको बताएका हुन्।

‘कोरोना आशंकामा निजी क्षेत्रबाट चलेका अस्पतालहरुले बिरामीको उपचार गर्न अस्वीकार गरेको र केहीको ज्या न समेत गएकाले सरकारको सूचनाप्रणालीमा विश्वसनीयता देखिएन’, विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘बिरामीहरु कोरोना प्रभावित हुने र कोरोनाकै कारण म रेकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका बढेको देखियो ।’

प्रकोप नेपाल भित्रिने सम्भावना स्पष्ट भइसकेपछि पनि सरकारले आवश्यक स्वास्थ्य उपकरण आयात र उत्पादनमा समयमै पहल नगरेको भन्दै विप्लवले संक्र मणसँगै आवश्यक औजार तथा उपकरण खरिदमा पनि भ्रष्टाचार गर्न खोजिएको बताएका छन् ।

विदेशमा रहेका नागरिकलाई हवाइजहाजबाट स्वदेश ल्याउँदा समेत टिकटबाट आउने रकमा कमिसनखोरी गरिएको विप्लवको दावी छ । विप्लवले कोरोना महामारीविरुद्धको संघर्षमा केपी ओली नेतृत्वको सरकार असफल हुनुका साथै जनताको दृष्टिमा भ्रष्ट र बदनाम हुन पुगेको समेत बताएका छन् । यस्तै कोरोना भाइरसविरुद्धको संघर्षमा पार्टीले खेल्ने भूमिकाबारे पनि ६ बुँदामा उल्लेख गरेका छन् ।

Loading...
प्रकाशित मिति २२ चैत्र २०७६, शनिबार १२:२९