साउदी अरबमा पनि पहिलो पटक २ जना नेपालीमा कोरोनाको संक्रमण

काठमाडौँ । खाडीमुलुक साउदी अरबमा पनि पहिलो पटक २ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्र मण देखिएको छ ।

शनिबार साउदी अरबको दम्माम र जेद्दामा गरेर २ जनामा कोरोनाको संक्र मण देखिएको अनौपाचारिक जानकारी आएको रियादस्थित दूतावास श्रोतले डिसी नेपाललाई जानकारी दिएको छ ।

सम्बन्धित निकायबाट दूतावासमा औपचारिक जानकारी नआएको दूतावास श्रोतले बतायो । ‘हामीलाई दम्माम र जेद्दामा गरेर २ जना नेपालीमा कोरोनाको संक्र मण देखिएको भन्ने अनौपचारिक जानकारी आएको छ,’  दूतावास श्रोतले भन्याे ‘सम्बन्धित निकायसँग बिवरण मागेको छौँ । तर, अहिलेसम्म प्राप्त भएको छैन।

Loading...
प्रकाशित मिति २२ चैत्र २०७६, शनिबार १५:५५