चौतारामा खाना बनाएर खान बाध्य खाद्यान्न ढुवानी चालक

काठमाडौ, चैत २३- लकडाउनले सुनसान रहेको महेन्द्र राजमार्गको मध्यबिन्दु नवलपारासीको चौतारामा खाना पकाएर खाँदै खाद्यान्न ढुवानीका सवारी चालक । राजमार्ग छेउछाउको होटलहरु बन्द भएका कारण आफैले खाना पकाएर खानुपर्ने बाध्यता भएको हो ।

हुम्लाका सात स्थानीय तहमा १४१ क्वारेनटाइन बनेका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सात गाउँपालिकाका ४४ वडामा बनेका क्वारेन्टाइनस्थल अधिकांशमा आधारभूत सुविधासमेत नभएपछि अधिकांशले बस्न मानेका छैनन् ।

सर्केगाड गाउँपालिकामा तयार भएका क्वारेनटाइनमा कोही बस्न नमान्दा खाली रहेको गाउँपालिकाले जनाएको छ । सर्केगाडले केही दिन गाडिदेखि महिनाको रु ३० हजार तिर्ने गरेर एक घरनै भाडामा लगेर १६ शय्याको क्वारेनटाइन बनाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले बताउनुभयो ।

भारतबाट मजदूरी गरेर फिर्ता भएकाहरु कोही पनि बस्न नमानेको अधिकृत शाहीले बताउनुभयो । ताजाँकोट गाउँपालिकाले वडा नम्बर ४ को गोठेलबाडा, बाजुरा र हुम्लाको सीमा कबाडी, छेप्रेलास्थित धर्मोदय र वडा नम्बर ३ को नाउलीमा क्वारेन्टाइन निर्माण गरेको अध्यक्ष बाग्दल मल्लले बताउनुभयो । जिल्लामा १४१ क्वारेन्टाइनमध्ये ५० सिमकोटमा छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका रामप्रसाद घर्ती मगरका अनुसार जिल्ला बाहिरबाट आएका र विदेशबाट आएकाहरु आआफ्नै घरमा बस्दै आएका कारण सातवटै गाउँपालिकामा तयार गरिएका क्वारेनटाइन खाली छन् । जिल्ला बाहिर काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायत शहर र भारतबाट हुम्ला फर्किएका ८६१ जना हुम्ला प्रवेश गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Loading...
प्रकाशित मिति २३ चैत्र २०७६, आईतवार १०:३८