फिलिपिन्समा कोरोनाभाइरसको चेकप्वान्टमा मकै का ट्ने हतियार देखाउँदै धम्क्याउने एक ६३ वर्षीय वृद्धमाथि शनिबार प्रहरीले गो ली चलाउँदा मृ त्यु भएको छ । देशको दक्षिणी प्रान्त अगुसान डेल नोर्टेस्थित नासिपिट गाउँमा राखिएको चेकप्वाइन्टमा ती वृद्धले गाउँका अधिकारी र प्रहरीलाई धम्काएपछि बाध्य भएर गो ली प्र हार गरिएको प्रहरीले जनाएको छ । ती व्यक्ति रक्सीले मातेको हुनसक्ने अनुमान गरिएको छ ।
मास्क नलगाएकोमा गाउँका स्वास्थ्य अधिकारीले ती व्यक्तिलाई चेतावनी दिएका थिए,’ प्रहरीको रिपोर्टमा भनिएको छ,तर, ती व्यक्ति रिसाएर अपशब्द प्रयोग गर्दै अधिकारीमाथि हतियार लिएर आक्रमणको प्रयास गरे । ती व्यक्तिलाई रोक्ने प्रयास गरेका प्रहरीले गोली प्रहार गर्दा उनको मृ त्यु भएको थियो ।
कोरोनाभाइरससम्बन्धी नियम पालना नगरेकोमा प्रहरी कारवाहीबाट मा रिने ती व्यक्ति पहिलो हुन् । यसअघि बुधबार मात्र राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोनाभाइरस नियन्त्रणका नियमहरु नमान्नेलाई गो ली हा न्न आदेश दिएका थिए ।
मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईंको ज्या नलाई खतरा हुने स्थिति निम्त्याउँछ भने उनीहरुलाई गोली ठोक्नुहोस्,’ उनले बुधबार अबेर राति प्रसारित टेलिभिजन सम्बोधनमा आदेश दिएका थिए । स्रो1त : अलजजिरा