अमेरिकामा कोरोनाबाट मृत्यु भएका भनिएका नेपाली भोलिपल्ट जिवितै रहेको खबर आएपछि…

काठमाडौँ । अमेरिकामा कोरोनाभाइरसबाट मृ त्यु भएका भनिएका एक नेपाली भोलिपल्ट जिवितै रहेको पाइएको छ। शनिबार अस्पतालले मृ त घोषणा गरेका नेपाली ङिमा तेम्बा शेर्पा भोलिपल्ट जिवितै रहेको सुचना अस्पतालले नै गराएको पाइएको छ।

यस बारेमा मृत घोषणा गरिएका ङिमाका दाई ल्हाक्पाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। अमेरिकामा बसोवास गर्दै आएका नेपाली ङिमालाई भर्ना गरिएको अस्पतालले शनिबार उनका परिवारलाई उनको मृ त्यु भएको खबर दिएको थियो।

मृत घोषणा गरिएका उनका दाजु ल्हाक्पाले लेखेका छन्,अस्पतालले उनको मृत्युको खबर दिएपछि परम्पराअनुसार उनको नाममा पुजापाठ समेत गरिएको थियो। अस्पतालले दिएको सूचनाका आधारमा परिवारले आफन्त र इष्टमित्रलाई उनीप्रति श्रद्धाञ्जली दिने क्रम समेत सुरु भएको थियो ।

तर,अचानक उनी जीवितै रहेको खबर प्राप्त भयो। आइतबार बिहान फेरि उनको परिवारले अस्पतालमा सम्पर्क गरेको थियो। अस्पतालमा सम्पर्क गर्दा आइतबार बिहान अस्पतालले उनको मुटु चलिरहेको जानकारी दिएको दाई ल्हाक्पाले जानकारी गराएका छन्। हेर्नुहोस् मृ त घोषणा गरिएका ङिमाका दाइ ल्हाक्पा को स्टाट्स

Loading...
प्रकाशित मिति २४ चैत्र २०७६, सोमबार ०३:४१