भोट नहालेको भन्दै वडाध्यक्षले दिएनन् ४८ बोरा चामल राहत आफ्नै घरमा थन्काए

लकडाउनको बेला विपन्न मजदुरलाई वितरण गर्ने खाद्यान्नमा वडाका जनप्रतिनिधि सदस्यले कुम्ल्याएका छन् । कोहलपुर नगरपालिका वडा नं १४ का जन प्रतिनिधीहरुले के एल दुगड ग्रुपले दिएको राहतमा मनोमानी गरेका हुन् ।

दुगड ग्रुपले १ सय ५० बोरी चामल कोहलपुरको १४ न। वडाका विपन्न वर्गलाई खाद्यान्न सहयोग गरेको थियो । वडा न १४ कावडा अध्यक्ष टेक चन हरिजनले शुक्रबार वडाका विपन्न वर्गलाई १ सय २ बोरा खाद्यन वितरण गरे। बाँकी ४८ बोरा खाद्यान भने अध्यक्ष टेक चन र वडा सदस्य रुक्मीणा शर्माले लगेका छन् । ४८ बोरा चामल मध्ये ३२ बोरा वडा अध्यक्ष टेकचन हरिजनले र १६ बोरा आफुले घर लगेको सदस्य रुक्मीणा शर्माले स्विकारिन ।

आफ्नो टोल छिमेकमा बितरण गर्नका लागि अध्यक्ष र सदस्यले राम माविको भवनमा राखेको चामल लागेका हुन् । नागरिक देखि वडाका अन्य जनप्रतिनिधि देखिले प्रश्न उठाएपछि आफुले नागरिकलाई राहत बाँडेको बताउने अध्यक्षले राहतको लिस्ट दिन सकेनन र पछि हटेको समेत पाईएको छ ।

Loading...
प्रकाशित मिति २४ चैत्र २०७६, सोमबार १३:४०