साँगुरीगढी कोल्बोटो वनमा भीषण आग लागी, २४ घण्टा वितिसक्दा समेत आगाे नियन्त्रणमा आउन सकेन (तस्विरहरू सहित)

धनकुटा / धनकुटाको साँगुरीगढी–६ स्थित कोल्बोटो वनमा भीषण आग लागी भएको छ । आइतबार दिउँसो कोल्बोटबाट सुरु भएको आगाे २४ घण्टा वितिसक्दा समेत सम्म नियन्त्रण आउन सकेकाे छैन ।

डढेलो पाथीभरा मन्दिर नजिक पुगेको र डढेलोले करिव २५०० राेपनी भन्दा ठुलो क्षेत्रफल सखाप परेकाे होटल एशोशिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । डढे लोले करिब ७० क्वार किलोमिटर भन्दा ठुलो क्षेत्रफलमा लागिसकेको छ । नियन्त्रणको लागि फायर लाइनहरु बनाएर प्रयास भइरहेको राईले बताए ।

उनका अनुसार छिमेकी गाउँपालिका साँगुरीगढी ६ स्थित कोल्बोटो क्षेत्रबाट शुरु भएको डढेलो चौबिस घण्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन । आगाे नियन्त्रणका लागि सशस्त्र २५, नेपाल प्रहरी १२, आर्मी र स्थानीय गरि करिब ४० जनाको समूह साथै स्थानीयबासीहरूले पहल गरिरहेका छन् ।

Loading...
प्रकाशित मिति २४ चैत्र २०७६, सोमबार १४:४७