महामहामारी को रुपमा फैलिँदै कोरोना, अमेरीकामै १० हजार बढीको मृ’ त्यु

२५ चैत, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसले दिन दिनै विश्वलाई सिथिल बनाउँदै लगेको छ । जनवरी महिनामा चीनमा मात्र रहेको यो भाइरस अहिले विश्वका २ सय ९ देशमा फैलिसकेको छ ।

विश्वमा नै महामारीको रूप लिइरहेको कोरोनाले सबैभन्दा प्रभावित मुलुक इटाली रहेको छ । इटालीमा यो सामग्री तयार पार्दासम्म १६ हजार ५ सय २३ जनाको निधन भएको छ भने १ लाख ३२ हजार ५ सय ४७ जना संक्रमित भएका छन् ।

इटालीपछि कोरोनाको अर्को पिडीत मुलुक स्पेन रहेको छ । अहिलेसम्म त्यहाँ १३ हजार ३ सय ४१ जनाको मृत्यु हुँदा १ लाख ३६ हजार ६ सय ७५ जना संक्र मित भएका छन् ।

स्पेनपछि कोरोनाको मारमा परेको मुलुक अमेरीका हो । संक्र मितको संख्या उच्च भएपनि अमेरीकामा निधन भने स्पेन र इटालीको भन्दा कम छ । अमेरीकामा अहिलेसम्म १० हजार ८ सय ७१ जनाको निधन हुँदा ३ लाख ६७ हजार मानिसहरू कोरोनासँग जुधिरहेका छन् ।

अमेरीकापछि अर्को कोरोनाबाट अति प्रभावित राष्ट्र फ्रान्स रहेको छ । फ्रान्समा अहिलेसम्म ८ हजार ९ सय ११ जनाको निधन भएको छ भने ९ड हजार १० जना कोरोना संक्र मित रहेका छ ।

यसैगरी कोरोनाले विश्वभरीमा ७४ हजार ६ सय ९७ जनाको निधन हुँदा १३ लाख ४६ हजार ५ सय ६६ जना संक्र मित भएका छन् भने २ लाख ७८ हजार ६ सय ९५ जना उपचारपछि निको पनि भएका छन् ।

Loading...
प्रकाशित मिति २५ चैत्र २०७६, मंगलवार ०३:१५