डाक्टर नै संक्र मित हुन थालेपछि इटलीमा रोबोटले हेर्छ कोरोना संक्र मित बिरामी

इटालीको भारेसस्थित अस्पतालमा आजभाेलि कोरोना भाइरसबाट संक्र मित बिरामीको स्वास्थ्य अनुगमन रोबोटले गर्न थालेको छ । कोरोना भाइरसबाट उच्च रूपले संक्रमित बिरामीलाई राखिएको वार्डमा नयाँ तथा चम्किलो रोबोट प्रवेश गरी ‘लाइफ सपोर्ट’ दिएर राखिएका ती बिरामीको मुटुको चाल होसियारीपूर्वक अध्ययन गर्छ ।

‘द लोकल’ नामक इटालियन अनलाइन समाचारपत्र लेख्छ, ‘डाक्टर र नर्सहरूले पनि रोबाेटलाई माया गर्छन् किनभने उसले उनीहरूको पनि जीवन सुरक्षा गरिदिएको छ । इटालीवासीलाई के थाहा छ भने कोरोना भाइरसको महामारीका कारण सारा विश्वमा नै लकडाउन जारी रहेको र सामाजिक दूरी कायम गरिएकाेले बाहिरी संसार उनीहरूको वास्ता गर्न सक्ने स्थितिमा छैन ।

यस्तोमा कोरोना संक्र मितहरूको उपचारमा संलग्न चिकित्सक र नर्सहरूकै मृत्यु भएको छ । कोरोना भाइरसको केन्द्र बनेको पश्चिमी इटलीको कतिपय संक्रमित व्यक्तिहरूले जीवन गमाउनुपरेको घटनाले उनीहरूलाई थप पीडा दिएको छ ।

इटालीको मेडिकल एसोसिएसनले गत शुक्रबार दिएको जानकारीअनुसार त्यसवेलासम्म इटालीमा कम्तीमा पनि ७० जना स्वास्थ्यकर्मीको कोरोना भाइरस संक्र मणलगायत अन्य कारणले निधन भइसकेको छ । यो तथ्यांक २१ फेब्रुअरीमा इटालीमा पहिलोपटक कोरोना भाइरसको संक्रमण देखिएयताको हो ।

७० वर्षभन्दा बढी उमेरका जति नागरिकको निधन इटालीमा कोरोना भाइरसको संक्र मणका कारण भयो, यदि सुरक्षाको यथोचित व्यवस्था गर्न सकिएको भए त्यसमध्ये ठूलो संख्यालाई बचाउन सकिन्थ्यो भन्ने विश्वास त्यहाँका नागरिकमा छ ।

यस्तो स्थितिमा भारेस अस्पतालले मानव आकृतिजस्तै देखिने ६ वटा पाङ्ग्रावाल मेसिन प्राप्त गरेपछि त्यसले नयाँ उत्साह थपेको छ । रोबाेटलगायतका यी सामग्री अस्पतालले प्राप्त गरेपछि त्यहाँ भर्ना गरिएका युवा उमेरका कोरोना संक्र मित बिरामीहरूको मुहारमा खुसी देखिन थालेको अनुभव त्यहाँ कार्यरत चिकित्सकहरूले पनि गर्न थालेको छ ।

यी रोबाेटहरू थकाइविना काम गर्न सक्ने हाम्रा सहयोगी हुन्, किनभने यिनीहरू कोरोना भाइरसबाट संक्रमित पनि हुँदैनन्, यसकारण हामीलाई पनि काम गर्न सहज भएको छ, सिर्कालो अस्पतालका सघन उपचार कक्षका निर्देशक फ्रान्सेस्को डेन्टाली भन्छन्, उपचारमा संलग्न डाक्टर र नर्सहरू कोरोना भाइरसबाट संक्र मित भइरहेको स्थितिमा संक्र मणले छुन नसक्ने रोबोट प्राप्त हुनु हाम्रा लागि ठूलो उपलब्धि हो ।

इटाली कोरोना भाइरसको संक्र मणबाट सबैभन्दा धेरै जीवन गुमाउने मुलुकमध्ये पहिलो नम्बरमा छ । कोरोना भाइरसको संक्र मणबारे नियमित रूपमा तथ्यमूलक तथ्यांक दिँदै आएको वल्ड्रोमिटरका अनुसार सोमबार साँझसम्म त्यहाँ कोरोना भाइरसको संक्रमणबाट १५ हजार आठ सय ८७ जनाले ज्या न गुमाइसकेका छन् भने एक लाख २८ हजार नाै सय ४८ जना संक्र मित छन् ।

प्रकाशित मिति २५ चैत्र २०७६, मंगलवार १८:३२