आफ्नै देश फर्क भनेकाे अस्ट्रेलियाले नेपाली विधार्थीको लागि दियाे खुशीको खबर!

अस्ट्रेलियामा विद्यार्थी भिसामा रहेका विद्यार्थीलाई राहतस्वरुप त्यहाँको अध्यागमन तथा नागरिकता मन्त्रालयले आफ्नो सुपर एनएसन रकम झिक्न पाउने व्यवस्था गरेको छ । निमित्त मन्त्री एलज टजले एक विज्ञप्ति जारी गर्दै अस्थायी भिसामा रहेका कसैले अहिलेको अवस्थामा अत्यन्तै गाह्रो भएको र आगामी ६ महिनासम्म आफूलाई सहयोग गर्न नसक्ने अवस्था भए आफ्नै देश फर्कनसक्ने समेत सुझाव दिए ।

अस्ट्रेलियामा हाल २२ लाख अस्थायी भिसामा रहेको मन्त्री टजको विज्ञप्तिमा उल्लेख गरिएको छ । अहिलेको कठिन अवस्थामा सहयोग पुर्याउने उद्देश्यले सरकारले यो निर्णय लिएको उनको भनाइ छ । अस्ट्रेलियामा सुपरएनएसन आफू सेवानिवृत्त भएपछि मात्र झिक्न पाइने रकम हो ।

यो कोषमा आफूले कानुनी रुपमा काम गरेको कम्पनीले न्यूनतम ९.५० प्रतिशत रकम थप गरेर जम्मा गरिएको हुन्छ । मन्त्री टजका अनुसार अहिलेको अप्ठेरो परिस्थितिमा एक वर्षदेखि अस्ट्रेलियामा अस्थायी भिसामा रहेका र जागिर गुमाएका अथवा जागिरको समयावधि घटेका विदेशी विद्यार्थीले यो रकम झिक्न पाउनेछन् ।

अस्ट्रेलियामा अहिले ५ लाख ६५ हजार विदेशी विद्यार्थीहरु अध्ययनरत रहेको उल्लेख गरिएको छ । जसमा २ लाख ४० हजारले अस्ट्रेलियाको रोजगार क्षेत्रमा सहयोग पुर्याइरहेका छन् ।

विद्यार्थीलाई आफ्नो परिवार तथा पार्ट–टाइम काममा भरपर्न आग्रह गर्दै मन्त्री टजले नर्सिङ, सुपरमार्केटलगायतका क्षेत्रमा काम गर्नेहरुको काम गर्ने समय बढाइएको समेत उल्लेख गरेका छन् ।

यसअघि नै सरकारले स्वास्थ्यक्षेत्र तथा ठूला सुपरमार्केटमा काम गर्ने विद्यार्थीले दुई सातामा अधिकतम ४० घण्टा मात्र काम गर्न पाउने अधिकार बढाएको थियो । तर यो नियम १ मेदेखि पुनः ४० घन्टामा सीमित पारिनेछ । समाचार ताजासमाचारमा छापिएको छ ।

Loading...
प्रकाशित मिति २६ चैत्र २०७६, बुधबार ०५:१५