नेपाल र नेपालीलाई निकै रुचाउने यि चर्चित अमेरिकी राजनीतिज्ञ तथा अभियन्ताको कोरोनाका कारण नि धन

काठमाडौँ, चैत्र २६ । नेपाल र नेपालीलाई निकै रुचाउने एक अमेरिकी राजनीतिज्ञको नि धन भएको छ । कोरोना भाइरसको संक्र मणका कारण उपचारका क्रममा मायकल युनको निधन भएको अन्तराष्ट्रिय समाचार उजेन्सीहरुले उल्लेख गरेका छन् । मायकल युनले नेपालका भूकम्पपीडितलाई सहयोगका लागि राहत संकलन तथा अमेरिकामा नेपालको झण्डा फहराउने अभियानमा सम्बद्ध थिए ।

जर्सी सिटीका काउन्सिलम्यान समेत रहेका युनले नेपालको इन्द्रावती गाउँपालिकालाई जर्सीसिटीसँग भगिनी सम्बन्ध कायम गर्ने अभियानमा युनको विशेष भूमिका रहेको बताइएको छ । उनले नेपालमा भूकम्प गइसकेपछि झण्डै ३० हजार डलर राहत संकलन गरेर नेपालीहरुका लागि पठाएका थिए ।

यसैबिच कोरोना भाइरसका कारण संसारभर ज्या न गुमाउनेको संख्या ८२ हजार नाघेको छ। बुधबार बिहान सम्म ७४ हजार ७ सय ६८ पुगेको छ । विश्वभर १४ लाख ३१ हजार ६ सय ९१ जना संक्र मित भएका छन्। यीमध्ये ३ लाख २ हजार १ सय १५ जना निको भएका छन्। विश्वव्यापी महामारी कोरोना भाइरसको पहिलो केन्द्रविन्दु बनेको चीनको वुहान शहरमा ११ हप्ते लकडाउनको अन्त्य भएको बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार बुधबार लकडाउन अन्त्य भएको केही घण्टामै ६५ हजारले शहर छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । लकडाउन खुलेसँगै त्यहाँ राजमार्ग, सुरुङमार्ग र पुलहरु खोलिएका छन् । त्यस्तै रेल, हवाईजहाज र बस जस्ता सार्वजनिक यातायात पनि सुचारु हुँदा निजी कार तथा अन्य सवारीसाधन पनि चलेका छन् । त्यहाँ यस अघि नै लकडाउन खुकुलो पार्दै लगिएको हुँदा बजारहरुमा पनि बिस्तारै चहलपहल देखिन थालेको जनाइएको छ ।

Loading...
प्रकाशित मिति २६ चैत्र २०७६, बुधबार ०७:३४