भारतमा कोरोनाबाट मृ त्यु हुनेको संख्या १४९, संक्र मित हुनेको संख्या ५ हजार नाघ्यो (अपडेट)

एजेन्सी । भारतमा कोरोना भाइरस संक्र मणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ । बुधबार त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारीअनुसार संक्र मित हुनेहरुको संख्या ५२७४ पुगेको छ भने ४ सय १० जना निको भएर फर्किएका छन् । बुधबार मात्र सबैभन्दा बढी महाराष्ट्रमा ११७ जना नयाँ संक्र मित देखिएका छन् ।

योसहित महाराष्ट्रमा संक्र मित हुनेहरुको संख्या ११ सय ३५ पुगेको छ भने मृ त्यु हुनेको संख्या ७२ जना पुगेको छ । बुधबारनै आन्ध्र प्रदेशमा ३४, राजस्थानमा २०, मध्यप्रदेशमा २२ जनामा संक्र मण भएको पुष्टि भएको छ । अहिलेसम्म महाराष्ट्रपछि तमिलनाडु, दिल्ली, मध्यप्रदेश, केरला, आन्ध्र प्रदेश, तेलंगाना, राजस्थान, उत्तरप्रदेश लगायतका राज्यहरुमा संक्र मित र मृ त्यु हुनेहरुको संख्या धेरै देखिएको छ ।

Loading...
प्रकाशित मिति २६ चैत्र २०७६, बुधबार १७:२२