भारतमा कोरोनाबाट मृ त्यु हुनेको संख्या २२६ पुग्यो

एजेन्सी – भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्र मितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा बढी सङ्क्र मित महाराष्ट्र राज्यमा देखिएका छन् । भारतमा हालसम्म कोरोनाका कारण ज्या न मानिसको संख्या २२६ पुगेको छ । भने ६ हजार ७२५ संक्र मित फेला परेका छन् ।

बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का सङ्क्र मितहरुको संख्या ५ हजार नाघेको थियो । भने बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा कोभिड १९ का सङ्क्र मितहरुको संख्या ५ हजार पुगेको थियो । भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ ।

पछिल्लो २४ घन्टामा भेटिएका ५० भन्दा बढी सङ्क्र मितमध्ये ३० जनाभन्दा बढीमा स्थानीय मानिसबाट मानिसमा सरेको पाइएको हो । भारतमा केही दिनयता बढ्दो रुपमा यसका सङ्क्र मितहरु देखिएका पनि बताइएको छ । यहाँका ४०० भन्दा बढी सङ्क्र मित भने उपचारपछि निको भएर घर फर्र्किएका छन् ।

Loading...
प्रकाशित मिति २८ चैत्र २०७६, शुक्रबार ०२:४४