दिपाश्रीले कसलाई भनिन् ‘बिहे नगरेकाहरुले पनि बुढा भनेर बोलाउनुपर्ने’

नेपाली हास्य कलाकार तथा अभिनेता केदार घिमिरे अर्थात् ‘माग्ने बुढा’ को आज जन्मदिन हो । उनको जन्मदिनमा उनको आधिकारिक फेसबुक पेज शुभकामना सन्देशले रङ्गिएका छन् उनलाई नेपाली सिने जगतसँग सम्बन्धित व्यक्तिहरुदेखि उनका प्रशंसकले पनि जन्मदिनको शुभकामना दिएका छन् । यसै पंक्तिमा निर्मात्री दिपाश्री निरौला पनि परेकी छिन् ।

उनले केदार र नायिका केकी अधिकारीसँग खिचिएको फोटो पोस्ट गर्दै निकै रमाइलो पारामा जन्मदिनको शुभकामना दिएकी छिन् । उनले लेखेकी छिन्, ‘बिहे नगरेकाहरुले पनि बुढा भनेर बोलाउनुपर्ने…माग्नेबुढा….हल्का रामाइलो… माग्नु जन्मदिनको शुभकामना है ।’ उनको यो पोष्टमा ७ सय बढीले कमेन्ट गरेका छन् भने पाँच हजार बढीले लाइक गरेका छन् ।

Loading...
प्रकाशित मिति २८ चैत्र २०७६, शुक्रबार ०५:०८