दाउरा बालेर खाना पकाउन अभिनेता आर्यनको रहर, भन्छन आगोमा पकाएको खानाको स्वाद नै बेग्लै्

काठमाडौ, चैत २८-चलचित्र क्षेत्रका एक सफन नायक हुन आर्यन सिग्देल । चलचित्र किस्मतबाट पाइला टेकेका उनि पछिल्लो समय चलचित्र ‘चच हुई’ मा देखा परेका छन् । त्यसपछि उनि मेरो एउटा साथि छमा प्रमुख भुमिका निर्भाह गरे उनको त्यो भुमिकालाई अत्याधिक रुचाइएको थियो । सुर्खेतबाट परिवार काठमाडौँ बससाई सरेका आर्यन पछिल्लो दिनमा चलचित्रमा अलिक कम मात्रैमा नै देखिए पनि एक समय उनले एकछत्र राज गर्न सफल भएका हिरो हुन् ।

चकलेटी हिरोको उपमा पाएका आर्यनले ‘किस्मत’ चलचित्रबाट डेब्यु गरेका हुन् । मेरो एउटा साथी छमा काम गरेपछि आर्यनको उचाई ह्वात्तै आकाशियो ।मौसम, हिफाजत, फस्र्ट लभ, द फ्लासब्याक , कोही मेरो, कसले चो¥यो मेरो मनलगायत दर्जनौं चलचित्रमा अभिनय गरेका आर्यन विबाहपछि भने अभिनय क्षेत्रबाट केही ओझेल परेका हुन् ।

एक छोराका बाबु आर्यनले चार वर्षको प्रेम सम्बन्धपछि सपना भण्डारीसँग बिबाह गरेका हुन् । हालै उनले एक तस्विर सामाजिक संजाला शेयर गरेका छन् । उक्त तस्विरमा उनले आगोमा खाना पकाएको देखिन्छ । लकडाउनका कारण सर्वसाधरणदेखि सेलिव्रेटीहरू पनि घरमै बसिरहेका छन् । कतिपय अभिनेता अभिनेत्रीले आफ्नो घरमा बच्चासंग खेलिरहेको तस्विर शेयर गरेका छन् । भने कतिले किताब बढने गरेका तस्विर सामाजिक संजालमा शेयर गरेका छन् ।

त्यस्तै लकडाउनमा अभिनेता आर्यन सिग्देलले पनि फेसबुकमा केहि तस्विर शेयर गरेका छन् । जुन तस्विरले यतिबेला निकै चर्चा पाएको छ । उनले दाउरा बालेर खाना बनाइरहेको फोटोहरु पोष्ट गर्दै ‘आगोमा पकाएको खानाको स्वाद नै बेग्लै लेखेका छन् । उनले लेखेको यो स्टाटसलाई धेरै फ्यानहरुले लाइक गरेका छन् । तस्विर शेयर गर्दै आर्यनले भनेका छन् । म लकडाउको पुरा पालना गरेको छु हजुर हरु पनि यसको नियम पालना गर्नु होला र घर बाहिर ननिस्कनु होला हेर्नुहोस् आर्यानका यि तस्विर

Loading...
प्रकाशित मिति २८ चैत्र २०७६, शुक्रबार १६:५५