नेपालीले भारतमा कोरोना फैलाउन लागेकाे गम्भिर आ रोप

काठमाडौं। यतिबेला कोरोना भाइरसले विश्व आक्रा न्त बनेको छ । चीनबाट शुरु भएर विश्वभर फैलिएको कोरोनाबाट १६ लाख भन्दा बढी मानिसहरु संक्र मित भएका छन् भने ९७ हजार बढीको मु त्यु भइसकेको छ। छिमेकी मुलुक भारतमापनि कोरोना संक्र मित दिन प्रतिदिन बढिरहेका छन् ।

यही बीचमा नेपालसँग सीमावर्ती भारतको बिहार राज्यको पश्चिम चम्पारण जिल्लाका प्रमुख जिल्ला अधिकारीले एक नेपालीले भारतमा कोरोनाभाइरसको संक्र मण फैलाउने योजना बनाइरहेको भन्दै आफू मातहतका निकायमा निर्देशन जारी गरेका छन् । उनले आफूलाई नेपाल भारत सीमामा तैनाथ सीमा सुरक्षा बलले एक नेपालीले भारतमा कोरोनाभाइरस फैलाउने योजना बनाएको भन्दै रिपोर्टिङ गरेको पत्रमा उल्लेख गरेका छन् ।

उक्त सरकारी पत्रमा पर्सा जिल्लाका जालिम मुखिया नामका एक नेपालीले भारतमा कोरोनाभाइरस फैलाउने योजना बनाइरहेको उल्लेख गरिएको छ । पत्रमा मुखियाका साथसाथै नेपालबाट ४० देखि ५० जना कोरोना शंकास्पद भारतीय मुसलमानहरु पनि भारत आउन लागेको सूचना प्राप्त भएको बताइएको छ। यस्तै जालिम मुखिया नेपाल र भारतमा अवैध हतियार तस्क रीमा सहभागी भएको पनि आरोप लगाइएको छ ।

भारतमा मुस्लिमहरुको संगठन ‘तबलीगी जमात’को एक धार्मिक कार्यक्रम भएपछि ठूलो संख्यामा संक्र मण फैलिएको छ । यो कार्यक्रमपछि तबलिगी जमातसँग सम्बद्ध व्यक्तिहरु ठूलो संख्यामा संक्र मित पाइएका छन् । यो कार्यक्रममा नेपालबाट पनि मुस्लिमहरु गएका थिए । उनीहरुलाई नेपालमै क्वारेन्टाइनमा राखिएको छ ।

Loading...
प्रकाशित मिति २८ चैत्र २०७६, शुक्रबार १८:११