भारतमा एकैदिन एक हजारभन्दा बढीमा कोरोना संक्र मण, ४० को मृ त्यु

नयाँदिल्ली — भारतमा कोरोना भाइरस(कोभिड–१९) संक्र मितको संख्या करीब साढे सात हजार पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याणको पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना भाइरसबाट हालसम्म ७४४७ जना संक्र मित भएका छन् ।

जसमध्ये २३९ को मृ त्यु भएको छ भने ६४२ जना उपचारपछि निको भइसकेको छन्। पछिल्लो चौबीस घन्टामा मात्रै एक हजार जना संंक्र मण पाइएको छ भने चालीसको मृत्यु भएको छ।

सबैभन्दा धेरै संक्र मण महाराष्ट्रमा देखिएको छ। महाराष्ट्रमा १६६६ जनामा संक्र मण पुष्टि भएको छ भने ११० जनाले ज्यान गुमाइसकेका छन्। पछिल्ले चौबीस घन्टामा मात्रै महाराष्ट्रमा कोरोना संक्र मणका ९२ वटा नयाँ केस देखिएको छ। महाराष्ट्र छि बढी संक्र मित हुनेमा पर्छ राजधानी दिल्ली। दिल्लीमा शनिबार अपरान्हसम्ममा ९ सयभन्दा बढीमा कोरोना संक्र मण पुष्टि भएको छ।

जसमध्ये १३ जनाको मृ त्यु भइसकेको छ। दिल्लीमा शुक्रबार मात्रै १८३ वटा नयाँ केस पहिचान भएको थियो। अहिलेसम्म एक दिनमै संक्र मित संख्यामा भएको यो सबैभन्दा उच्च वृद्धि हो। तेस्रो उच्च संक्र मण भएको राज्य हो तमिलनाडु।

तमिलनाडुमा हालसम्म ९११ जनामा संक्र मण देखिएको छ भने नौ जनाको मृ त्यु भइसकेको छ। भारतमा कोरोनाको पहिलो केस २ माघमा पहिचान भएको थियो। र, तीन महिनाको अवधिमा भाइरसको संक्र मण पुरै भारतभरि नै फैलिसकेको छ।

Loading...
प्रकाशित मिति २९ चैत्र २०७६, शनिबार ११:४१