विदेशी भूमीमा कृष्णलाई परेको यो वज्रपात: नेपालमा आमाबाबु गुमाए लकडाउनले अन्तिम मुख पनि हेर्न पाएनन्, विदेशी भूमीमा कोरोनासंग ल’ड्दै

काठमाडौं । जव मानिसलाई विपत्ती आउँछ एकै पटक आउँछ भन्ने नेपाली समाजको भनाई ‘मोरङका ३२ वर्षीय कृष्णकुमार चौधरीमा चरितार्थ भएको छ । जिवनमा सबै लागोस् तर दैव नलागोस् भन्ने अर्को नेपाली मान्यता छ तर कृष्णकुमारलाई दैव नै लागे ।

विदेशी भूमीमा परिवारको खुसीका लागि पसिना बगाइरहेका कृष्णले जिवनमा सोच्नै नसक्ने पी डा एकै पटक भोगे । एक दिन अस्पतालवाट फोन आयो, कुमार जी तपाईंलाई कोरोना पोजेटिभ दखिएको छ, सुरक्षित भएर बस्नुहोला ।’ उनी दुबईमा परिवारको खुसीका लागि पसिना बगाइरहँदा विश्वव्यापी भएको कोरोनाले उनलाई पनि छोयो । दुबई हेल्थ अथोरेटीबाट आएको फोनले उनले टेकेको जमिन एक पटक थर्थरायो ।

तर पनि जिवनलाई बचाउनु थियो । उनको मनमा आयो, भाइरसबाट बच्ने औ ष धि पनि छैन भन्ने सोच्न थालेँ । अब स्वदेश फर्कन नपाउने भएँ । श्रीमती र छोराको बिजोग हुने भयो ।

कृष्ण केही वर्षदेखि रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा छन् । अस्पतालले उनलाई कोरोना भाइरस पुष्टि भएको जानकारी दिएपछि युएईमै क्वारेन्टाइनमा बसीरहेका छन् । उनले यस अघि नै अर्को वज्रपात सहि सकेका थिए ।

यता नेपालमा चैत १७ गते उनकी आमाको निधन भयो । उनी पाँच दिन देखि आमाको किरीयाका लागि खाना बारेर बसिरहेका थिए । कोरोना सं क्र म ण रोक्न नेपालमा लकडाउन भएको एक साता भएका कारण उनी आमाको अन्तिम मुख हेर्न पनि नेपाल आउन पाएनन् । उतै आमाको काममा (शोक बारेर) बसेका थिए ।

शोक बारेर बस्दा कृष्णकुमारले खानामा मुख बारेका थिए । सामान्य रुघाखोकीको लक्षण देखियो । उनले भने, ‘सँगै बसेका साथीहरूले स्वास्थ्य परीक्षण गराउँदा कोरोना भाइरस लागेको पुष्टि भएछ, त्यसपछि तत्काल गएर परीक्षण गराएँ ।’ कृष्णकुमार आमाको काममा थिए । पाँच दिन भएको थियो । बज्रपातको कुनै हद हुँदैन शायद ।

अचानक उनका बुबाको पनि निधन भयो । विदेशी भूमिमा आमाबुबाको निधनको शो कमा रहेकै बेला दुबई हेल्थ अथोरिटीबाट कोरोना पोजेटिभ देखिएको खबर पाए ।‘एकातिर घर फर्किन नपाउनुको पीडा छ, त्यसमाथि झनै कोरोना पोजेटिभ देखिएको खबरले मलाई पी डा दियो’ उनले भने, ‘मैले आत्मबल बलियो बनाएँ र पशुपतिनाथलाई पुकारिरहेँ ।’

जिवनमा एक पछि अर्को पी डा भोग्दै आएका कृष्णकुमारले हिम्मत भने हारेका छैनन् । उनले आफुलाई कोरोनावाट निको बनाउन मेहनत गरिरहेका छन् । चिकित्सकले उनको स्वास्थ्यमा ९० प्रतिशत सुधार आइसकेको बताइदिँदा निकै खुसी लागेको बताउँछन् । ‘१२ दिनअघि कोरोना पुष्टि देखिएको थियो’ उनले भने, ‘नडराई घरमै सुरक्षित भएर बस्न थालेँ, इम्युनिटी पावर बढाउँदै लगेँ, अहिले अवस्था सामान्य छ ।’ आफुलाई परेको एक पछि अर्को वज्रपात पछि उनले सामाजिक सञ्जालमा आफ्नो पीडा पोखेका छन् ।

कृष्णकुमारको सन्देश जस्ताको तस्तै

धैर्य, सहनशीलता, लगनशीलता र जोशले सबैलाई बाधाहरूको बाबजुद पनि अघि बढाउँछ । ज्याकले भनेका पनि छन्— यदि तपाईंले हरेस खानु भएन भने तपाईसँग अझै मौका छ । जीवनमा धैर्य गर्न सक्नु एउटा सफलता हो ।

नेपालमा लकडाउन उ ल्लं घन गर्दै मानिसहरू हिँडिरहेको समाचार पढिरहेको छु । कृपया लकडाउन पालना गर्नुहोस् । कोरोनालाई ख्यालख्याल नसम्झनुहोस् । यो महामारीलाई जित्न सुरक्षित भएर घरमै बस्नुपर्छ ।

सामान्य ज्वरो आउँदैमा आत्तिनु हुँदैन । नआतिनुहोस् । स्वस्थ्यको ख्याल गर्नुहोस् । ज्वरो जसलाई पनि आउँछ । ज्वरो आइहालेमा सिटामोल खानुहोस् । आत्मबल कमजोर नबनाउनुहोस् ।

रुघाखोकी लागेको छ भने तातो पानीको वाफ लिनोस् । धैर्य गर्नुहोस् । निको हुन्छु भन्ने आत्मविश्वास पैदा गर्नुहोस् । हरेस खानुभयो भने कोरोनाले जित्छ ।

Loading...
प्रकाशित मिति ३० चैत्र २०७६, आईतवार १२:४७