सुत्केरी हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएकी महिलाले पेटभित्रै गुमाइन बच्चा

डोल्पा- सुत्केरी हुन नसकेर समस्यमा परेकी त्रिपुरासुन्दरी नगरपालिका– ४ डोल्पाकी पन्चरुपा धरलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । उहाँलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरी डोल्पाबाट सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । नगरपालिकाबाट डोल्पा सवास्थ्य सेवा कार्यालय दुनैमा लान ढिला भएकोले उनको पेटभित्रको बच्चाको निधन भएको प्रजिअ सुनारले जनाउनुभयो ।

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको रानीवन क्वारेन्टाइनका २२ र अन्य क्वारेन्टाइनका तीन जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको छ । शनिबारदेखि शुरु भएको जाँचमा २५ जनाकै नेगेटिभ रिपोर्ट आएको रानीवन क्वारेन्टाइनका सूचना अधिकारी प्रजित बोहराले बताउनुभयो ।
हालसम्म हुम्लामा बाहिरबाट भित्रिएका करीब ८७४ जनाकै आरडिटी हुने भएको छ । कर्णाली प्रदेश सरकारबाट जिल्लामा सामग्री पुगेसँगै यो जाँच गर्न शुरु गरिएको हो ।

आजदेखि कोरोना जाँचका लागि जिल्ला स्वास्थ्य सेवा कार्यालयका ल्याब टेक्निसियन बलिराज भण्डारीलाई ताँजाकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली र चंखेली गाउँपालिकातर्फ पठाउने तयारी भइरहेको सूचना अधिकारी बोहराले जानकारी दिनभयो ।

उत्तरी नाम्खा गाउँपालिकाका क्वारेन्टाइनका लागि भने प्राविधिक भक्ति फडेरालाई पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका निमित्त प्रमुख डा नवीन रोकायाले बताउनुभयो । सो जाँच छिटो गर्नका लागि जिल्लाका सात वटै स्थानीय तहलाई सहयोगका लागि जिल्ला प्रशासन कार्यालय हुम्लाले अनुरोधसमेत गरेको छ । (रासस)

Loading...
प्रकाशित मिति ३० चैत्र २०७६, आईतवार १६:५३