भारतमा ‘कोभिड १९’ संक्र मितको संख्या ९ हजार नाघ्यो, ३०८ को मृत्यु

काठमान्डाैं / भारतमा कोरोना भाइरसका नयाँ संक्र मितहरु थपिएकाे सोमबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ७ सय ९८ जना नयाँ संक्र मित थपिएको बताइएको हो ।

सोमबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्र मितहरुको सोमबार विहानसम्म ९ हजार १५२ जना पुगेकाे भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्ला केही दिनमा कोभिड १९ का संक्र मितहरुको संख्या बढ्दै गएको सरकारकाे भनाइ छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्र मित महाराष्ट्र राज्यमा देखिएका छन् । सोमबार पनि यो क्रम जारी नै रहेको सो मन्त्रालयले जानकारी दिएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टा यता मृ त्यु हुनेको संख्या ३५ रहेको पाइएको छ । योसँगै भारतमा कोरोना संक्र मणबाट ज्या न जानेको संख्या ३०८ पुगेको छ ।

महाराष्ट्रमा कोभिड १९ का संक्र मितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । महाराष्ट्र राज्यमा मात्र संक्र मितहरुको संख्या १ हजार ९८५ जना पुगेको सोमबार विहान प्राप्त समाचारमा जनाइएको छ ।

भारतमा देखिएका यी संक्र मितहरुमध्ये ८५७ जना संक्र मित भने उपचारपछि निको भएर घर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ ८ हजार भन्दा बढी कोरोनाका संक्र मित विरामी अस्पतालमा छन् ।

महाराष्ट्रपछि सबैभन्दा बढी विरामी संक्र मित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा मात्र यसका १ हजार १५४ जना संक्र मित रहेका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्र मितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी तमिलनाडु राज्यमा छन् । तमिलनाडुमा कोरोना संक्र मण भएका व्यक्तिको संख्या सोमबार बिहानसम्म १ हजार ७५ जना पुगेको छ । राजस्थान, मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगढ राज्यमा कोरोनाका संक्र मितहरु भेटिएका छन् । गएको २४ घन्टायता त्यहाँ पनि पहिलेको तुलनामा धेरै संक्र मित भेटिएका हुन् ।

Loading...
प्रकाशित मिति १ बैशाख २०७७, सोमबार १२:२१