कोरोनाः इटालीमा म र्नेको संख्या २० हजार नाघ्यो, न्युयोर्कमा मात्रै १० हजारको मृ त्यु

एजेन्सी । इटालीमा कोरोना संक्र मणका कारण म र्नेको संख्या २० हजार नाघेको छ । सोमबार त्यहाँ म र्नेको संख्या २० हजार ४ सय ६५ पुगेको हो । सोमबारमात्रै इटालीमा ५ सय ६६ जनाको मृ त्यु भएको छ । आइतबारको तुलनामा यो १३५ ले बढी हो । ५६६ जनामध्ये इटालीको उत्तरी क्षेत्रमा म र्नेको संख्या बढी छ । उत्तरी क्षेत्रमा पर्ने लम्बर्डीमा २८० जनाको मृ त्यु भएको जनाइएको छ भने संक्र मितको संख्या इटालीमा १ लाख ५९ हजार ५ सय १६ पुगेको छ ।

त्यस्तै, सोमबारै अमेरिकाको न्युयोर्क शहरमा म र्नेको संख्या १० हजार नाघेको छ । एकैदिन त्यहाँ ६ सय ७१ जनाको मृ त्यु भएको न्युयोर्कका गभर्नर एन्ड्रयु कु ओमोले पुष्टि गरेका छन् । त्यस्तै, बेलायतमा म र्नेको संख्या ११ हजार नाघेको छ । त्यहाँ २४ घण्टामा ७ सय १७ जनाको मृ त्यु भएको छ । योसहित बेलायतमा म र्नेको संख्या ११ हजार ३ सय २९ पुगेको हो ।

जन हाप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर १ लाख १५ हजार २५० जनाको मृ त्यु भएको छ भने १८ लाख ६३ हजार ४०० जना संक्र मित भएका छन् ।

Loading...
प्रकाशित मिति १ बैशाख २०७७, सोमबार १८:५०