आज चर्चित हास्यकलाकार दिपकराज गिरीको जन्मदिन

काठमाडौं, बैशाख १ – चलचित्र क्षेत्रमा छुट्टै छबि बनाउन फिल भएका चर्चित हास्यकलाकार दिपकराज गिरीको आज जन्म दिन परेको छ । आज अर्थात नयाँ वर्ष वैशाख १ गते उनको जन्म दिन परेको हो ।

उनको जन्म दिनमा बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ । निर्माता तथा कलाकार दिपकराज गिरीले हालसम्म दर्जनौ चलचित्रमा अभिनय गरिसकेका छन् । चलचित्र छक्का पन्जा ३ बाट निकै चर्चामा आएका अभिनेता दिपकराज गिरीले पछिल्ले समय चलचित्र ‘छ माया छपक्कै’मा देखा परेका छन् ।

टिभि सिरियल तितो सत्यबाट उनि सबैको प्यारो भएका हुन् । वडा नम्बर ६, छ एकाने छ, छक्का पञ्जा, छक्का पञ्जा २, छक्का पञ्जा ३ र छ माया छपक्कै जस्ता चलचित्रमा अभिनय गरेका छन् ।

Loading...
प्रकाशित मिति १ बैशाख २०७७, सोमबार १९:३५