धमाधम कोरोना संक्र मित थपिन थालेपछि स्वास्थ्य मन्त्रालयले अघि सार्‍याे यस्ता ६ सूत्र

केही दिनयता नेपालमा दैनिकजसो कोरोना संक्र मित व्यक्ति थपिन थालेका छन्। आइतबार वीरगन्जमा एकै साथ तीन जनामा कोरोना संक्र मण पुष्टि भएको भोलिपल्टै सोमबार अन्य दुई जनामा कोरोना संक्र मण पुष्टि भएको छ भने यसको संख्या अरू बढ्ने संकेत देखिएको छ।

यसैकारण यसकाे रोकथाम तथा बिरामीकाे उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो रणनीति थप परिस्कृत र परिमार्जित गरेको छ।

नयाँ वर्ष २०७७ सालको अवसरमा विशेष सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्र मण नियन्त्रणका लागि मन्त्रालयले ६ टीको फर्मुला (सूत्र)बाट कोरोना रोकथाम तथा नियन्त्रणको रणनीति अघि बढाएको जानकारी दिएका हुन्।

१‍ पहिलो टी अर्थात् ट्राभल रेस्ट्रिक्सनः यो भनेको आवतजावत बन्द गर्नु हो। यसअन्तर्गत बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्ग बन्द गरिएका छन् भने नेपालभित्र पनि लकडाउन गरिएको छ। यो अवस्थामा विदेशबाट नेपाल भित्रिएका व्यक्ति क्वारेन्टिनमा रहन जरुरी छ।

जसले गर्दा संक्र मण भएको भए एक व्यक्तिबाट अर्को व्यक्तिमा नसरोस्। हाल विश्वका धेरैजसो देशले यही रणनीति अपनाएका छन् र यो प्रभावकारी पनि साबित भएको छ। लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ, तर देशलाई संक्र मणबाट बचाउन यो अपरिहार्य छ।

२. दोस्रो टी अर्थात् टेस्टिङः यसअन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टिनमा रहेका सबै व्यक्तिको नमुना (स्वाब) परीक्षण गर्ने र होम क्वारेन्टिनमा रहेकाहरूको पनि आवश्यकताअनुसार नमुना परीक्षण गर्ने नीति लिइएको छ।

कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधिमा गर्ने भन्ने विषयमा स्वास्थ्य विज्ञका सुझावअनुसार मन्त्रालयले कार्यविधि बनाई व्यवस्थित गरेको छ। यसको उद्देश्य परीक्षण दायरा बढाई धेरैभन्दा धेरै व्यक्तिको नमु्ना परीक्षण गर्नु हो।

३. तेस्रो टी अर्थात् ट्रेसिङः यो भनेको संक्र मित व्यक्तिका परिवार, नजिकका व्यक्ति तथा संक्र मितसँग नजिकको सम्पर्कमा आएकाहरू पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो। धेरैजसो संक्र मितको ट्रेसिङ सकिएको मन्त्री ढकालले बताए। पछिल्लो समय पहिचान भएका संक्रमितको पनि ट्रसिङ भइरहेको उनले जानकारी दिए। यो काम इपिडिमियोजलोजी तथा रोग नियन्त्रण महाशाखाले व्यवस्थित रूपमा गरिरहेको छ।

चौथो टी अर्थात् ट्रयाकिङः सम्भावित संक्र मित र संक्र मित व्यक्तिले एकठाउँबाट अर्को ठाउँमा आवतजावत गरेका भएमा त्यो एकिन गरी उनीहरूलाई आइसोलेसनमा राख्न अनुगमन गर्ने विधि हो यो। यसका लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोली, उच्चस्तरी समिति एमसीसी, तथा स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित फोन सेवा, मोबाइल एप र वेबसाइटमार्फत ट्रेकिङलाई थप व्यवस्थित गरिएको छ।

यसलाई अझ व्यवस्थित गर्न व्यक्तिहरू क्वारेन्टिनमा रहे÷नरहेको अनुगमन गर्नुपर्ने हुन्छ। यसका लागि स्वास्थ्य मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको छ भने स्थानीय तथा प्रदेश सरकारका जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, र सम्बन्धित सबै सरोकावालालाई यसमा सहयोग, समन्वय र सहकार्य गर्न मन्त्रालयले आग्रह गरेको छ।

पाँचौ टी अर्थात् ट्रिटमेन्टः संक्र मण पुष्टि भएका व्यक्तिको उपचार जारी छ भने सम्भावित संक्र मितको संख्या आकलन गरी योजनाबद्ध तरिकाले उपचार व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले रणनीति बनाएको छ। कोरोना संक्र मितको उपचारका लागि काठमाडौं उपत्यका तथा बाहिरका विभिन्न अस्पताल तोकिएका छन्।

कोरोना संक्र मणसम्बन्धी सम्पूर्ण उपचार सरकारले निःशुल्क गर्ने प्रबन्ध मिलाएको छ। अन्य आकस्मिक र निरन्तर उपचारका क्रममा रहेका बिरामी समस्यामा नपरुन् र उनीहरूलाई सर्वसुलभ रूपमा सेवा प्रवाह होस् भन्ने विषयमा पनि मन्त्रालय गम्भीर रहेको मन्त्री ढकालको भनाइ छ। यस महामारीको घडीमा के सरकारी,के गैरसरकारी सबै किसिमका अस्पतालबाट उपचार गर्नुपर्ने हुन्छ। त्यसैले देशभरका सबै किसिमका अस्पताल सञ्चालन गर्ने योजनासाथ मन्त्रालय तयारी अवस्थामा रहेको उनले जानकारी दिए। यसमा सबै पक्षको सहयोगको अपेक्षा मन्त्रालयले गरेको छ।

छैठौं टी अर्थात् टुगेदरः मन्त्री ढकालका अनुसार कोरोनाको सम्भावित महा मारी रोक्न स्वास्थ्य मन्त्रालय मात्र होइन, सिंगो देश नै लागिपरेको छ। उच्चस्तरीय समिति, सीसीएमसीदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म विभिन्न तहमा कमिटी बनाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण अभियान व्यवस्थित रूपमा भइरहेको उनले जानकारी दिए। साथै अन्य मन्त्रालय तथा निकायमा समेत विषयगत समिति सक्रिय रहेको उनले बताए। यसमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अत्यावश्यक दैनिक उपभोग्य वस्तु व्यवस्था गर्ने, सरकारी तथा गैरसरकारी संघसंस्था तथा सञ्चारमाध्यमलगायत सबै मिलेर मात्र कोरोनाविरुद्धको लडाइँ जित्न सकिने मन्त्रालयले जनाएको छ।

Loading...
प्रकाशित मिति २ बैशाख २०७७, मंगलवार ०४:०६