काठमाडौं । पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने तीन जनाका कोरोना संक्र मण भएको पुष्टि भएसँगै अपार्टमेन्टमा बस्ने करिब पाँच सय परिवारका १८ सय जना जोखिममा परेका छन् । उनीहरुबाट थप व्यक्तिमा समेत संक्र मण भएको हुनसक्ने भएसँगै उपत्यका नै जोखिममा परेकाे छ ।
हाल अपार्टमेन्टमा शिल भइसकेको छ । त्यहाँ बस्नेको सबैको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयको तयारी गरेकाे जनाएकाे छ । धेरैले लिफ्ट प्रयोग गर्ने भएकाले त्यसबाटै संक्र मण भएको आशंका समेत गरिएको छ ।
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोनाका शंकास्पद तीनै जनाको परीक्षण रिपोर्ट पोजेटिभ देखिएसँगै नेपालमा संक्र मितको संख्या १७ पुगेकाे छ ।
Loading...