कोरोना भाइरसले आ क्रान्त अमेरिकामा आँधीले दियो थप पीडा, ३० जनाको मृ त्यु

अमेरिका- विश्वव्यापी महामारीको रुपमा फैलिकएको कोरोना भाइरसले अमेरिका आक्रान्त बनिरहेका बेला आँधीले थप पीडा दिएको छ । अमेरिकामा विनाशकारी आँधीका कारण कम्तीमा ३० जनाको मृ त्यु भएको जनाइएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने मिसिसिपी राज्यमा उनीहरुको मृ त्यु भएको र अन्य क्षतिको विवरण सङ्कलन भइरहेकोऊ अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा धेरै मानिसको मृ त्यु भइरहेका बेलामा अमेरिकामा आँधीका कारण पनि मानवीय क्षति भएको हो । अमेरिकी सञ्चार माध्यमहरुले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै जनाए अनुसार घटना आइतबार भएको थियो । मौसम पूर्वानुमान विभागका अधिकारीहरुले थप आँधीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

मिसिसिपीका गभर्नर टाटे रिभेसले सामाजिक सञ्जाल ट्वीटर मार्फत् राज्यभरी संकटकाल घोषणा गरिएको जानकारी दिएका छन् । उनले लेखेका छन्, “नागरिकको स्वास्थ्य र सुरक्षालाई ध्यान दिदै राज्यमा संक टकालको घोषणा गर्नु परेको छ । उनले आँधीबाट पीडितहरुलाई सरकारले खोजी तथा उद्धार गरिरहेको पनि जानकारी दिए ।

“आँधीबाट प्रभावित हाम्रा नागरिक र उनीहरुको संम्पत्तिको रक्षा गर्न खोजी तथा उद्धारका लागि हामीले हाम्रा श्रोत साधनहरु परिचालन गरेका छौँ,” गभर्नर रिभेसले लेखेका छन् । उनले कोही पनि नागरिक एक्लै नरहेको र उनीहरुको साथमा सरकार रहेको बताउदै चिन्ता नलिन आग्रह गरेका छन् ।

यसैबीच कोरोना भाइरसले अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ५ सय भन्दा बढीले ज्या न गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २३ हजार ६१० पुगेको छ । अमेरिकामा एकैदिन २६ हजार ७७ जनामा संक्र मण देखिएसँगै संक्र मित हुनेको संख्या ५ लाख ८६ हजार ३ सय नाघेकोे छ ।

अमेरिकामा संक्रमितमध्ये ३६ हजार २१८ जना उपचारपछि निको भएका छन् । १२ हजार ७७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ५ लाख २६ हजार ५४९ जना उपचाररत छन् । चीनको वुहानबाट शुरु भएको कोरोना संक्र मणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

Loading...
प्रकाशित मिति २ बैशाख २०७७, मंगलवार ०९:५१