सुत्केरी विष्णुलाई खुवाउन माछा मा*र्दै बुवा र दाजुभाई, गरिबीले पुरायो यस्तो अवस्थामा

गुल्मी । खोलाको किनार, पारी जंगल र वारी खेतको बिचको एकान्त स्थलमा सानो एउटा टहरो छ । वरीपरी बाँस, बोराहरुले बारिएको छ । सुरक्षित ढोका छैन । खुल्ला त्यस टहरामा ८ जनाको परिवार बसोबास गर्छन । गर्मी महिनामा त खेतको गरामा सुत्छन, जाडो महिनामा लहरै कोचिदै त्यस टहरामा सुत्छन ।

चारैतिर खुल्ला, खोलाको सिरेठो र माथी जस्तापताबाट तपतपी चुहिने सीतले उनीहरुले ओढ्ने लगाउने कपडाहरु निथ्रुक्क रुझ्छन् । त्यस्तो विचल्ली अवस्था गुल्मीको सदरमुकाम तम्घासबाट सेउवा हुँदै पनाह खोलाको पुल तरेपछि धुर्कोट गाउँपालिकाको प्रवेशव्दारमा छर्लङ्ग देख्न सकिन्छ र पनि सरोकारवालाको ध्यान त्यस तर्फ जान सकेको छैन ।

Loading...
प्रकाशित मिति २ बैशाख २०७७, मंगलवार १७:०२