पानी र चाउचाउका भरमा बाके बर्दिया हिडेका ७५ जना श्रमिकहरुलाई बुटवलमा खाना (फोटो / भिडियो)

इन्द्र खत्री

बुटवल,३ बैसाख । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्र मण रोक्‍नका लागि चैत ११ बाट थालिएको लकडाउन आज तेस्रो पटक १२ दिनका लागि थप गरि बैशाख १५ सम्म सरकारले पुरै देश लक डाउन गरेको छ ।

जागिरका लागि देशका विभिन्न जिल्लामा पुगेका मजदुर भने लक डाउन लम्बिदै गएपछि आफ्नो घर फर्किन्र क्रम बढ्दो छ । मुलुकमा जारी लकडाउनका बेला गन्तवयमा पुग्न पैदल यात्रा गर्दै काठमाण्डौ, स्यांजा लगायतका जिल्ला बाट बाके, बर्दिया, सोलुखुम्बु लगायतका जिल्लामा पर्कने क्रममा पैदल यात्रा गरि बुटवल सम्म आएका ७५ जना श्रमिकहरुलाई बुटवलमा खानाको व्यवस्था गरिएको छ ।

काठमाण्डौबाट हिंड्दा चाउचाउ र बिस्कुट लगायत सिमीत खानेकेरा बोकेर निस्केका उनीहरुको आधा बाटो नआउदै सबै सकिएपछि पानीको भरमा हिड्नुपरेको उनीहरुको भनाइ छ ।” काठमाण्डौ बाट हिडेको पाच दिन भयो हामी संग भएको जे जति खानेकुरा थियो सबै सकिसक्यो पाँच दिनमा एक छाक भात खाएका हौँ नत्र चाउचाउ, बिस्कुट र पनि खाएर यहाँ सम्म आयौ घर पुग्न अझ ४ / ५ दिन लाग्छ खै कसरि पुग्ने हो थाहा छैन ” उनले भने ।

चार बर्षको बच्चा सहित बुटवल आइपुगेका उनीहरुलाई बुटवल उपमहानगरपालिका वडा न १ का वडाध्यक्ष महेन्द्र लिगल र बुटवल उपमहानगरपालिका वडा न ३ निवासी दुग्ध बहादुर गुरुङले आफ्नो खर्च बाट खाना खुहाएका छन् । भने बुटवल उपमहानगरपालिका प्रमुख शिव राज सुबेदीले उनीहरुलाई भेटी प्रदेश सरकार संग समन्वय गरेर घरसम्म पुर्‍याउन यातायातको व्यवस्था मिलाइदिने बताएको उनीहरुले बताए । बुटवल अनलाइन बाट

Loading...
प्रकाशित मिति ३ बैशाख २०७७, बुधबार ०३:१३