जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी पास वितरण बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास वितरण कार्य बन्द गरेको छ । पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड हुन गइ लकडाउन समेत उलंघन हुने अवस्था सिर्जना भएकाले बुधबारदेखि पास वितरण कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जनाएको छ ।

कार्यालयका अनुसार परिवारका सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरुलाई बाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने स्पष्ट पारेको छ । कोरोना भाइरस स‌क्रमणको जाेखिमलाई मध्यनजर गर्दै सरकारले वैशाख १५ गतेसम्म लकडाउन घोषणा गरेकाे छ ।

Loading...
प्रकाशित मिति ३ बैशाख २०७७, बुधबार १०:१६