एरोसोल बक्स, कोरोना बुथ र इमर्जेन्सी भेन्टिलेटर बनाएर अस्पतालहरूलाई नि:शुल्क वितरण

स्वास्थ्य सामग्री किन्नसमेत नपाइएका बेला राष्ट्रिय आविष्कार केन्द्रले एरोसोल बक्स,कोरोना बुथ र इमर्जेन्सी भेन्टिलेटर बनाएर अस्पतालहरूलाई नि:शुल्क वितरण गरिरहेको छ ।

सरकारी अस्पतालमा बिग्रिएर थन्किएको भेन्टिलेटरसमेत बनाएको छ । संक्रमित बिरामी भएको ठाउँसम्म औषधि र खानेकुरा पठाउने रोबोट निर्माण पनि अन्तिम चरणमा पुर्‍याएको छ ।

मनमोहन मेमोरियल अस्पतालका एक कर्मचारी कोरोना बुथ चाहियो भन्दै बिहीबार बिहान साढे ११ बजे राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुर पुगे । तयार हुन बाँकी रहेको भन्दै केन्द्रका कर्मचारीले फर्काउन खोजे तर ती कर्मचारी फर्केनन् ।

कति बेला तयार हुन्छ, त्यतिन्जेल बस्छु र लिएरै जान्छु भने । अस्पतालका कर्मचारीको अड्डीका अगाडि केन्द्रका कर्मचारीको केही लागेन,४ बजे आउन भने । अनि ती कर्मचारी फर्किए ।

केन्द्रमा पीपीई माग्न आउने एम्बुलेन्स चालक पनि उत्तिकै थिए। केन्द्रले अस्पतालको चिठीबिनै लाइसेन्सको फोटोकपी, एम्बुलेन्स नम्बर र संस्थाको नाम टिपाएकै आधारमा पीपीई उपलब्ध गराउने गरेको छ।

बिनाझन्झट पैसा नतिरी पीपीई पायौं,आनन्द वन अस्पतालका एम्बुलेन्स चालकले भने,किन्नसमेत नपाइने यस्तो सामान पायौं, अब अलि सुरक्षित हुने भइयो। अनुसार मुलुकभरका ३ सयभन्दा बढी एम्बुलेन्स चालकलाई पीपीई वितरण गरिसकिएको छ।

केन्द्रले चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई समेत पीपीई उपलब्ध गराउँदै आएको छ। केन्द्रको पछिल्लो उत्पादन कोरोना बुथ हो। यसबाहेक पीपीई, एरोसोले बक्ससमेत बनाएर अस्पताललाई नि:शुल्क वितरण गरिरहेको छ।

वर्षौं बिग्रिएर थन्किएको सरकारी अस्पतालको भेन्टिलेटरसमेत बनाइसकेको केन्द्रका बायोमेडिकल इन्जिनियर सञ्जयबहादुर सिंहले बताए।

केन्द्रका प्राविधिकहरू कोरोना संक्रमित बिरामी भएको ठाउँसम्म औषधि र खानेकुरा पठाउने रोबोट बनाउने प्रयासलाई पनि अन्तिम रूप दिइरहेका छन्। चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यकता के हो ।

त्यही बनाइरहेका छौं,मेकानिकल इन्जिनियर रितेश देवले भने, ‘संक्र मित बिरामीबाट उहाँहरूलाई सुरक्षित बनाउने हाम्रो प्रयास हो।

Loading...
प्रकाशित मिति ५ बैशाख २०७७, शुक्रबार ०३:३७