३ दिनदेखि भोकैप्यासै पैदलयात्रा, भोक मार्न जङ्गली फल खोज्दै (भिडियोसहित)

रामकुमार डगौरा आठजना परिवारसहित बुटवलबाट बुधवार कैलालीको यात्रामा निस्किनुभयो । बुटवलबाट डगौरा भोकैप्यासै पैदल हिड्दै दाङको अमिलियाको वनमा भेटिनुभयो । तीन दिन भयो केही खाएका छैनौँ । भोकले लखतरान भएका छौँ सबैजना ।

भोकले चक्कर लागेर बिट मारेका छौँ’ उहाँले भन्नुभयो, ‘परिवारलाई चोकमा राखेर वनमा गई खल्टु खोज्दै टिपेर र खोलाको पानी ल्याएर केही भोकप्यास मेटाएका छौँ । खल्टु चाहिँ पछिको लागि पनि साँचेर राखेका छौँ, उता नपाइने हो कि भनेर । सबैजनाले काँचो खल्टु खाएर पेट भरेका छौँ । अन्य खानेकुरा केही छैन ।

वनभित्र जे जंगली फलपूmल पाइन्छ, त्यही खाएर यात्रा गर्दैछौँ ।’ दाङको पूर्वपश्चिम महेन्द्र राजमार्गमा पैदल यात्रीहरुको लावालश्कर रहेको छ । लमही कोहलपुर सडकखण्ड पैदल यात्रीहरुले भरिभराउ छ । नेपालका विभिन्न जिल्लाहरुबाट प्रायः पश्चिमको कैलाली,कञ्चनपुर, बाँके, बर्दिया लगायतका अन्य जिल्लाहरुमा भोकभोकै पैदल हिडेर जाने मजदुरहरुको लश्करै देख्न सकिन्छ ।

राजमार्गको विभिन्न चोक चोकमा १५÷२० जना भोकैप्यासै लखतरान भएर मजदुरहरु पल्टिएका भेटिन्छन् । पछिल्लो समय यता दाङको पूर्वपश्चिम महेन्द्र राजमार्गमा पैदल यात्रीहरुको आवागमन ह्वात्तै बढेको छ । काम नभएपछि विभिन्न जिल्लाबाट घर फर्किन थालेका प्राय थारु समुदायका मजदुरहरु छन् ।

कम्मरमा बच्चा च्यापेर बुटवलबाट दाङ आइपुगियो । गन्तब्यमा पुग्न अझै कति दिन लाग्ने हो ? मजदुरको पीडा सुन्ने कोही छैन । हिड्दा हिड्दै खुट्टा सुन्निएको छ’कैलालीकी धनकुमारी चौधरीले पीडा सुनाउनुभयो । उहाँले भन्नुभयो,हिड्दाहिड्दै बाटोमै ज्या न जाला जस्तो भएको छ । कसैले सहयोग गर्दैनन् । खाने कुरा केही छैन । वनबाट ल्याएको काँचो खल्टु खाँदै बस्दै हिडेका छौँ ।

प्रकाशित मिति ५ बैशाख २०७७, शुक्रबार १३:०८