२५०० भाडा तिर्न नसक्दा घरबेटीले कोठाबाट भाँडाकुँडा फाल्दै घरबाट निकालिदिए, सडकमा धरधरी रुँदै गरेको अवस्थामा भेटिए पिडित (भिडियोसहित)

पोखरा । केहि समय अगाडी सरकारले घरधनीलाई १ महिनाको घरभाडा मिनाह गर्न आग्रह गरेको थियो । लकडाउन लागेपछि मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको रोकथामका लागि प्रभावित भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै सो निर्णय गरेको थियो । घरबेटीले यसरी मिनाह गरेको घरभाडाको प्रमाणको आधारमा सरकारले घरवाहल कर नलिने सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका थिए । नेपालमा ६० लाखभन्दा बढी मान्छेहरु घर भाडा लिएर बस्छन् ।

मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रमा रहेका श्रमिक र साना व्यवसायीहरूलाई एक महिनाको घर भाडा मिनाहा गर्न सम्बन्धित घरधनीलाई आग्रह गर्‍यो । तर, अधिकांश घरबेटीहरुले भने सरकारको आग्रहलाई स्वीकार्ने छाँटकाँट देखाएका छैनन् । बरु कतिपय घरबेटीले कोरोना सर्छ भन्दै भाडावाललाई कोठामा नबस्न दबाव दिन थालेका छन् । दैनिक ज्यालादारीमा काम गने वर्ग बसोबास गरिरहेका घरका घरबेटीले सरकारको आग्रहलाई गम्भीर रुपमा लिएका छैनन् ।

डेरावालहरुले यस्तो विषम परिस्थितिमा घरबेटीले न्यूनतम् मानवीय सम्वेदना पनि नदेखाएको भन्दै ‘अनुरोध गर्ने’ भन्ने सरकारी निर्णयको आलोचना गरेका छन् । ‘भाडा छुटको कुरा आएपछि घरेबटीहरुले मुन्टो बटार्ने अवस्था छ । सरकारले भाडा छुटको व्यवस्थालाई स्थानीय तहको सहयोग लिएर कार्यान्वायन गर्नुपर्ने डेरावालहरुको माग छ । धेरै घरेबटीले ऋण लिएर घर बनाएको तर्क गरेर भाडा छुट गर्ने विषयलाई बेवास्ता गरिरहेको कतिपए बताउछन् ।

Loading...
प्रकाशित मिति ७ बैशाख २०७७, आईतवार १४:५८