९ बर्षमै माछा मार्ने दिदीबहिनी, बिना पैसा गोठालो बस्छन गाउँमा

गुल्मी । भनिन्छ नि दुखको कुनै सिमा हुदैन जात हुदैन धर्म हुदैन र न त यस्को कुनै उमेरनै हुन्छ । जस्लाई पर्छ त्यसलाई त्यति धेरै पिडा हुनछ कि उ समाजबाट आफूमात्र हेपिएको हो कि जस्तो लाग्छ तर साना बालिकाहरुमा यस्को असर कस्तो पर्ला त ? एकपटक सोच्नैपर्ने बिषय हैन र यो ? हो यस्तै दुखमा रुमलिएका यि दुईबहिनी हुन गुल्मी धुर्कोट गाउपालिकाका ।

यिनका बुवाआमा त छन तर छन कि छैनन भन्ने यिनै आफैलाई पनि त्यति थाहा छैन भन्दा फरक नपर्ला किनकि यदि भएकै भए त किन दिउसोको १ बजे यसरी माछा मार्न खोलामा भोकै पठाउथे र हैन र ? यि २ बहिनीको नाम हो संगिता र करिश्मा परियार जो १४ र ९ बर्षका भएका छन तर यति सानै उमेरमा खोलामा माछा मार्न आएका छन
ताकि मासुको तिर्खा माछाले मेटाईदियोस भनेर । यिनीहरु पढन त चाहन्छन तर पढनको लागि पैसा चाहियो कस्ले राख्दिन्छ र हामी जस्तोलाई भन्दा हाम्रो मन पनि भक्कानिएर आयो । हामीले बुझदै जादा त झन यिनीहरु अर्कैकोमा गोठालो पो बस्दो रहेछन

Loading...
प्रकाशित मिति ९ बैशाख २०७७, मंगलवार ०३:१६