तेह्रथुम । लालीगुराँस नगरपालिका २ बसन्तपुर बजारमा मजदुरी गर्ने एक व्यक्ति मृ त अवस्थामा फेला परेका छन् । संखुवासभाको चैनपुर नगरपालिका १ याङसीजुङ घर भएका ३९ बर्षिय पासाङ तेम्बा शेर्पा मृ त् फेला परेका हुन् ।
सोमबार अपरान्ह बसन्तपुर स्थित खेल मैदान नजीकैको सडकमा मृ त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी बसन्तपुरमा लामो समय देखी एक्लै मजदुरी गरी बस्दै आएका थिए । शेर्पाको मृ त्युको कारण बारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ ।
Loading...