कोरोना भाइरस: अमेरिकामा अस्पतालका कोठादेखि पार्किङ स्थलसम्मै श व

काठमाडौं- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महा मारीले विश्व आ क्रान्त छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्र मण यूरोपेली मुलुक हुँदै अहिले अमेरिकामा सबैभन्दा बढी अ सर परेको छ ।

कोरोनाले सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २४ सय बढीले ज्या न गुमाएका छन् । हालसम्म अमेरिकामा मृ त्यु हुनेको संख्या २६ हजार ४७ पुगेको छ ।

अमेरिकामा एकैदिन २६ हजार ९ सय बढीमा संक्र मण देखिएसँगै संक्र मित हुनेको संख्या ६ लाख १३ हजार ८ सय बढी पुगेको छ ।

अमेरिकामा संक्र मितमध्ये ३८ जार ८२० जना उपचारपछि निको भएका छन् । अझै १३ हजार ४७३ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ४९ हजार बढी उपचाररत छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्र मणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।

केही हप्ता पहिले इटालीको अवस्था यस्तै भयावह थियो । सामाजिक सञ्जालमा इटालीमा शव व्यवस्थापन गर्न नसकेर शव नै शवको लस्कर लगाइएका तस्वीरहरु समेत सार्वजनिक भएका थिए ।

इटालीमा हालसम्म ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ । यो अमेरिका पछि सबैभन्दा बढी हो ।

Loading...
प्रकाशित मिति १० बैशाख २०७७, बुधबार ०२:५९