काठमान्डौमा आरडीटी पोजिटिभ देखिएका दुई नर्सलाई कोरोना नभएको पुष्टि, डिस्चार्ज गरिँदै

१० बैशाख २०७७, बुधबार काठमाडौं : काठमान्डौमा (आरडीटी) विधिबाट परीक्षण गर्दा कोभिड–१९ पोजिटिभ देखिएका दुई जना नर्समा पीसीआर परीक्षण गर्दा कोरोना नभएको पुष्टि भएको छ। केन्द्रीय कारागारका कैदीहरुको स्वास्थ्य परीक्षणमा खटिएका उनीहरुलाई मंगलबार आरडीटी विधिबाट गरिएको कोरोना भाइरसको जाँचमा रिपोर्ट पोजेटिभ देखिएको थियो। पोजिटिभ देखिएका दुबैजनालाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन राखिएको थियो।

बुधबार नै स्वाब संकलन गरी पीसीआर बाट गरिएको परीक्षणको रिपोर्ट बुधबार बिहान आएको र नेगेभिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका एक चिकित्सकले जानकारी दिए । उनका अनुसार दुवैजनालाई डिस्चार्ज गर्ने तयारी गरिएको छ।

प्रकाशित मिति १० बैशाख २०७७, बुधबार ०८:५६