अमेरिकामा कोरोनाको दोस्रो लहर झनै खतरनाक हुने विज्ञको चेतावनी

अमेरिका- अमेरिकाका एकजना वरिष्ठ विज्ञले कोरोनाभाइरस सङ्क्र मणको दोस्रो लहर झनै खतर नाक हुनसक्ने चेता वनी दिएका छन् । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीभेन्सन सीडिसीका निर्देशक रोबर्ट रेडफिल्डले आगामी जाडो महिनामा साधारण फ्लु को यामसँगसँगै कोरोनाभाइरसको दोस्रो लहरको सङ्क्र मण हुनसक्ने चेतावनी दिए ।

अमेरिकाका कैयन् राज्यहरूले अर्थतन्त्र पुन: खुला गर्ने तयारी गरिरहँदा उनले दोस्रो लहरको सङ्क्र मण साधारण फ्लु फैलने मौसममा हुनसक्ने भएकाले त्यसले दोहोरो चाप पार्न सक्ने बताएकोको बीबीसीले उल्लेख गरेको छ ।

स्वासप्रस्वाससम्बन्धी दुई थरी प्रकोप एकसाथ आइपरेमा त्यसले अमेरिकी स्वास्थ्यसेवा प्रणालीमा अकल्पनीय भार पर्ने उनले बताए । उनले आउने महिनाहरूमा त्यस्तो अवस्थासँग जुझ्ने गरि तयारी थालिनुपर्ने र सामाजिक दूरी कायर राखिराख्नुपर्ने उनको भनाइ छ ।

अमेरिकामा ८ लाख १९ हजार भन्दा धेरै मानिस कोरोनाबाट संक्र मित भएका छन् भने ४५ हजार ३ सय भन्दा धेरैले ज्या न गुमाइसकेका छन् । कोरोनाका कारण विश्वभर २५ लाख ८० हजार भन्दा धेरै मानिस संक्र मित भएका छन् । त्यस्तै १ लाख ७९ हजार भन्दा धेरैले ज्या न गुमाएका छन् ।

Loading...
प्रकाशित मिति १० बैशाख २०७७, बुधबार १५:१०