नेपालमै ४ जना पुरुष ४ जना युवती मृ त अवस्थामा फेला परे

काठमाडौ । काठमाडौं, कागेश्वथरी मनहरा नगरपालिका–८ थिकल चोक बस्ने सिन्धुली कोसीपारी गाउँपालिका–८ घर भएकी २६ वर्षीया अस्मिता तोलाङगी मंगलबार बिहान मृ’त अवस्थामा फेला परेकी छन् । सोमबार राति खाना खाएर सुतेकी उनी मंगलबार बिहान मृ’त फेला परेकी हुन् । बर्दिया, बारबर्दिया नगरपालिका–८ औरी बस्ने ३८ वर्षीया ममता बिसी सोही ठाउँस्थित औरी खोलामा मृ’त अवस्थामा फेला परेकी छन् ।

टाउको दुखेकोले झारफुक गर्न जान्छु भनी घरबाट निस्केकी उनी सोही ठाउँस्थित औरी खोलामा डुबेर निधन भएको अवस्थामा फेला परेकी हुन् । ललितपुर, बागमती गाउँपालिका–२ बघुवापुलस्थित किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ५५ वर्षीया महिला सोमबार साँझ मृ’त अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यता बाराको करैयामाइ गाउँपालिका–५ तेतरीया टोल बस्ने ६० वर्षीय उदयमान सहनीको करेन्ट लागेर सोमबार राति निधन भएको छ । मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागि गम्भीर घाइते भएका उनको कलैया अस्पताल बारातर्फ लैजाने क्रममा बाटोमै निधन भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यस्तै वि’ष से’वन गरेका एकै परिवारका तीनमध्ये दुईको उपचारको क्रममा निधन भएको छ भने एकको अवस्था गम्भीर रहेको छ । रौतहटको मौलापुर नगरपालिका–१ बस्ने रामलाल महतो कोइरीका ३५ वर्षीया पत्नी सोनावतीले, मङ्गलबार राति करिब १० बजे १४ वर्षे छोरा दीपक महतो र ७ वर्षे छोरी सोनी कुमारीलाई वि’ष से’वन गराई आफू पनि से’वन गरेको रौतहट प्रहरीले जनाएको छ ।

वि’ष से’वनबाट अवस्था गम्भीर भएको परिवारलाई थाहा भएलगत्तै तीनै जनालाई स्थानीय मौलापुर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा सोनावती र छोरी सोनीको आज निधन भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताउनुभयो ।

Loading...
प्रकाशित मिति १० बैशाख २०७७, बुधबार १५:५४