अस्ट्रेलियामा समस्या समस्या बिच थपिएको खुसी, थापा परिवार भन्छन मानवीयता सबै देशमा छ

पोखराबाट ११ बर्ष अघि अध्ययनको शिलशिलामा अस्ट्रेलिया आएका तेज थापा , हाल तस्मानियामा बस्दै आएका छन। अहिले थापा परिवार अस्थायी भिजामा तस्मानियामा बस्दै आएका हुन। ऊनि अध्ययन क्रममा केहि वर्ष अघि मात्र सिड्नी बाट तस्मानिया गएका थिए। एक छोरी, दुइ छोरा र श्रीमती सग बस्दै आएका थापा , बिगत ३/४ हप्ता देखि रोजगारी गुम्नाले पारिवारिक प्रेशरमा रहेका थिए।

वर्तमान बिश्वब्यापी स्वास्थ्य समस्याले उनको मात्र रोजगारी गुम्नु पुगेन , श्रीमतीले पनि गुमाउन पुगिन। कोठा भाड़ा तिर्ने समस्या एकतीर थियो भने अर्को दैनिक बिहान बेलुका छाक टार्न क्रेडिट कार्ड प्रयोग गर्दा गर्दा ड्यू डेट नै ओभर भएर के गर्ने कसो गर्ने भन्दै साथी भाई हरु सग सल्लाह लियीरहेका हुन्थे।

घर भाड़ा न तिरेको २/३ हप्ता भइसकेको र घर धनिले तिर्नु को लागी अनुरोध गरिरहेको अबस्थामा , तस्मानिया सरकारबाट अस्थायी भिजा होल्डरको लागी नया राहत प्याकेज लिएर आउदा मन हर्षित भएको बताएका थिए। थापाले राहत प्याकेजको लागी आज नै निवेदन दिएको र सरकारका प्रतिनिधिले छिटो ईमेल मार्फ़त जानकारी दिइने बताएको कुरा ओएस नेपाल सगको कुराकानी जानकारी दिएका थिए ।

कोरोना भाइरस बाट अष्ट्रेलिया अहिले सेमि लकडाउन रहेको छ। ब्यापार ब्यबसाय ठप्प छन। बिशेष हास्पिटलिटी इंडस्ट्रीज प्रवाभित भएको छ। थापा दम्पती हास्पिटलिटी इंडस्ट्रीजमा नै कार्यरत थिए । तस्मानिया सरकार द्वारा ल्याहिएको ३ मिलियन राहत प्याकेज बाट अस्थायी भिजामा रहेका र अन्तराष्ट्रीय बिद्यार्थीहरु लाइ दैनिक खर्चको लागी सहज हुने देखिन्छ।

थापा भन्छन , अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायहरु एक आपसमा मिलेर सहयोग गरेको देख्दा खुसी लागेको र अष्ट्रेलियन सरकारले लिएर आएको राहत ले सबै अस्थायी भिजा होल्डर लाई थप राहत पक्कै मिल्ने ओएस नेपाल सगको कुराकानी जानकारी दिएका थिए । थापाले सम्पूर्ण सहयोगी दाताहरु प्रति नमन गर्दै, अस्ट्रेलियन सरकार प्रति आभार ब्यक्त गरेका थिए।

छिटो काम फर्किनु पाए समस्या , तत्काल समाधान हुने भएकोले , आशा गरौ कोरोना भाइरस छिटो उल्मूलन होस भन्दै थापाले धैर्य भएर अगाडि बढ़न आग्रह समेत गरेका थिए। हामी नेपाली हतारमा निर्णय लिने गर्छम , तर त्यों अली गलत होकि भन्दै धैर्य लिएर काम लिनु राम्रो जस्तो लाग्छ किन भने नि “मानवीयता सबै देशमा छ”।

अस्ट्रेलियन सरकार द्वारा सबै ब्यक्तिहरुलाई सकेको सहयोग गर्ने प्रयास गरेको हामी सबैले देखेको नै छौ। यस योजनाको हामी सबैले खुलेर हृदय देखि सम्मान गर्नु पर्दछ ।

Loading...
प्रकाशित मिति १० बैशाख २०७७, बुधबार १७:१२