लकडाउनकै बीचमा बानेश्वरमा प्रधानमन्त्री र अध्यादेशको वि रोधमा निस्कियो जु लुस

काठमाडौं । लकडाउन तोड्दै काठमाडौंको बानेश्वरमा केही युवाहरु प्रधानमन्त्री केपी शर्मा ओलीले हालै जारी गरेको अध्यादेशको वि रोध गर्दै सडकमा उत्रिएका छन्।

हात हातमा प्लेकार्ड लिएर आएका युवाहरु बानेश्वरको भित्री गल्ली हुँदै संघीय संसद भवनको अगाडि प्रदर्शन गरेका हुन्। उनीहरुले संविधानको मर्म विपरित ल्याइएको अध्यादेश फिर्ता गर, उनीहरुले केपी ओली सत्ताको उन्मादमा, जनता कोरोनाको त्रा समा।

गैरजिम्मेवार नालायक कम्युनिष्ट सरकार मूर्दा वाद लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। नारा लगाउँदै संसद भवन अगाडि आइपुगेका उनीहरुलाई प्रहरीले ल खेटेर तितरवितर पारेको थियो।

Loading...
प्रकाशित मिति ११ बैशाख २०७७, बिहीबार ०४:०८