मृत्यु भएकाहरुको छोरी बन्दै सपना, ४५ जना वेवारिसे;लाई दिसकिन् दागबत्ती !(भिडियो)

काठमाडौँ – परा पूर्वकालदेखि नै मृत शरीरलाई छोराले मात्रै दागबत्ती दिँदै आएको हाम्रो समाजमा पछिल्लो समय छोरीले पनि दागबत्ती दिने गरेको र छोरासरह क्रियापुत्री बस्ने गरेको उदाहरणहरु आइरहेका छन्।

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पनि मृत शरीरलाई दागबत्ती दिन्छिन्। उनको अवस्था भने अरुको भन्दा फरक छ। वेवारिसे अवस्थामा भेटिएका श-वहरुलाई दागबत्ती दिएर अन्तिम संस्कार गर्छिन् सपना।

परिचय नै नभएका वेवारिसे श-वको व्यवस्थापन गर्न पाउँदा उनलाई सन्तुष्टि मिल्छ। उनले हालसम्म ४५ वटाभन्दा बढी वेवारिसे श-वको व्यवस्थापन गरिसकेकी छन्। सायद, परिस्थिति अनुकूल हुन्थ्यो त उनी यतिबेला आफ्नै संसारमा रमाइरहेकी हुन्थिन्। तर कोरोना भाइरसको महामारीले गर्दा उनको काम अहिलेका लागि रोकिएको छ।

खेती किसानी गरेर जीविकोपार्जन गर्ने भएपनि सम्पन्न नै थियो सपनाको परिवार। दाइ पहिले देखि नै विदेशमा र दिदीको पनि बिहे भइसकेकोले गर्दा घरकी कान्छी छोरी सपना पुल्पुलिएकी थिइन्। उनले भनेका हरेक कुरा आमाबुवाले पुर्‍याइदिन्थे।

पढाइमा अब्बल सपनाले २०७३ सालमा म्याग्दीकै महेन्द्ररत्न उच्च माध्यामिक विद्यालयबाट एसईई दिइन्। त्यसपछि आफ्ना अनगिन्ती लक्ष्य र बाबुआमाको सपना बोकेर गाउँ छाडेर सदरमुकाम बेनीमा आएर कक्षा ११ मा भर्ना भइन्।

घर छाडेपछि उनको दैनिकी र साथी संगत दुबै फेरियो। जोकोहीसँग पनि एकदमै छिटो घुलमिल हुन सक्ने र अरुको दुख देख्न नसक्ने उनकाे बानी थियो।

साथीहरुले दुःखसुख पोख्थे, उनले सकेको सहयोग गर्थिन्। तीनै साथीहरुको संगतले उनले बाटो बिराइन्। थप भिडियो हेर्नुहोस्

Loading...
प्रकाशित मिति ७ आश्विन २०७७, बुधबार १९:२७