अष्ट्रेलियामा आगलागीले पुर्याएको क्षतीप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । अष्ट्रेलियामाको जंगलमा फैलिएको आगलागीले पुर्याएको जनधनको क्षतीप्रति नेपालले दुःख व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार अष्ट्रेलियन सकमक्षकी मराइज प्यानलाई समवेदना पत्र पठाएका छन्। पत्रमा मन्त्री ज्ञवालीले आगलागीका कारण अष्ट्रेलियामा करोडौं पशुपंक्षी तथा केही मानिसहरुको मृ’त्यु भएको र व्यापक सम्पत्तिको क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन्। नेपालका लागि अष्ट्रेलियाली राजदुतले परराष्ट्रमन्त्री ज्ञवालीलाई धन्यावाद प्रकट गर्दै ट्विट गरेका छन् ।

 

Loading...
प्रकाशित मिति २१ पुष २०७६, सोमबार १५:५९